बेनीमा लैङ्गिक हिंसासम्बन्धी विषयमा अन्तरक्रिया 

१९ मंसिर २०७८, प्रताप बानियाँ, म्याग्दी । ‘घरैबाट सुरु गरौं, महिला हिंसा अन्त्य गरौं’ भन्ने मूल नारासहित शनिबार म्याग्दीको सदरमुकाम बेनीमा अन्तत्र्रिmया कार्यक्रम सम्पन्न भएको छ । महिला अधिकार मञ्च सचिवालय संस्था मिलन म्याग्दी, शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालि म्याग्दी र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड बेनी, म्याग्दीको संयुक्त आयोजनामा कार्यक्रम गरिएको हो ।

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अवसरमा लैङ्गिक हिंसासम्बन्धी विषयमा अन्तरक्रिया    र छलफल गरिएको आयोजकले जनाएका छन् । कार्यक्रममा महिला अधिकार मञ्चका सचिव विष्णु गौतम सापकोटा, युवासँग महालक्ष्मी लाइफका केन्द्रीय सदस्यद्वय लिलादेवी थापा, गीता फगामी, जिल्ला सदस्य कमलकुमारी पूर्जा र शुभ महालक्ष्मी इन्भेष्टमेन्ट प्रालिका सदस्य तथा नारी जागृति महिला विकास बहुउद्दश्यीय सहकारी संस्थाका अध्यक्ष चिना बानियाँले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमको अवसरमा बीमासँग सम्बन्धित विषय तथा अभिकर्ता बनाई आर्थिक उपार्जन गरी परनिर्भरता घटाउने एवं लैङ्गिक हिंसा न्युनीकरणमा टेवा पु¥याउन अन्तत्र्रिmया गरिएको थियो । कार्यक्रममाथि महालक्ष्मी इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख जमुना आचार्यले सहजीकरण गर्नुभएको थियो ।
३५ जनाले सहभागिता जनाएको कार्यक्रम महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका धौलागिरि क्षेत्रीय प्रमुख आचार्यको अध्यक्षता, बेनी शाखा प्रमुख सावित्रा खत्रीको सञ्चालन र मिलन म्याग्दीका कोषाध्यक्ष तिलकुमारी रानाको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

क्युपेक नेपाल म्याग्दीको आठौँ जिल्ला अधिवेशन सम्पन्नः अध्यक्षमा पुनः राई निर्वाचित

 गण्डकी प्रदेशमा म्याग्दीबाट श्रेष्ठ र गौचन निर्वाचित

Related posts