स्नातक तहमा कम्प्यूटर विषयको कक्षा प्रारम्भ

म्याग्दी बहुमुखी क्याम्पस बेनीमा स्नातक तहमा कम्प्युटर बिषयको कक्षा प्रारम्भ भएको छ । सोमवारदेखि शिक्षाशास्त्र संकाय अन्तरगत स्नातक तहमा कम्प्यूटर विषयको प्रथम सेमेष्टरको कक्षा औपचारिक रुपमा सुरुवात गरिएको हो ।

कक्षा शुभारम्भ तथा अभिमुखिकरण कार्यक्रमको उद्घाटन गर्दै क्याम्पस सञ्चालक समितिका अध्यक्ष सोमनाथ ढुङ्गानाले प्राविधिक विषयको पढाई सञ्चालनले २०७३ सालमा आयोजित शैक्षिक तथा धार्मिक महोत्सबको उदेश्य अनुरुप कार्य गर्न वर्तमान सञ्चालक समिति लागि रहेको पुष्टि भएको धारण राख्नु भएको थियो ।

उहाँले समयानुकुलका विषयहरु थप गर्दै गुणस्तरीय शिक्षा मार्फत म्याग्दी क्याम्पसलाई देशकै नमुना सामुदायिक क्याम्पस बनाउन प्रयासरत रहेको जानकारी गराउँदै ढुक्क भएर क्याम्पसमा अध्ययन गर्न सम्पूर्ण विद्यार्थीलाई अनुरोध गर्नुभयो ।

साथै उक्त विषयमा भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पसमा अध्यापन हुने विविध विषयहरु, क्याम्पसवाट प्रदान गरिने विभिन्न सेवा सुविधाहरु, विद्यार्थीहरुले पालना गर्नुपर्ने आचार संहिताहरु तथा भविष्यमा स्नातक तह उत्तीर्ण गरेपछि विद्यार्थीहरुले प्राप्त गर्न सक्ने ज्ञान, सीप तथा रोजगारीका अवसरका विषयमा जानकारी गराइएको हो ।

सहायक क्याम्पस प्रमुख श्रीधर सुवेदीले क्याम्पसका नीतिनियम र व्यवस्थाका बारेमा जानकारी प्रस्तुत गर्नुभएको थियो भने क्याम्पस प्रमुख गोरख वहादुर जिसीले क्याम्पसका भावि कार्यक्रम तथा गुणस्तर वृद्धिका निमित्त सञ्चालन गरिने कार्यहरुका वारेमा आफ्नो धारणा राख्नु भएको थियो ।

क्याम्पस प्रमुख जिसीको अध्यक्षता र शिक्षा विभागका विभागीय प्रमुख उपप्राध्यापक प्रेमवहादुर जिसीद्वारा सञ्चालित उक्त कार्यक्रमा विद्यार्थी र शिक्षक कर्मचारीहरु गरी करिव ५० जना को उपस्थिति रहेको थियो ।

 

You can share this post!

म्यादी प्रहरीमा म्याग्दीमा दुईदिनमै ५५१ जनाको आवेदन

मंगलामा एमालेको पालिका स्तरीय प्रशिक्षण

Related posts