एमाले म्याग्दीको वडा अधिवेशन अपडेटः ३८ वडामा सम्पन्न,७ वडामा हुँदै

म्याग्दी । नेकपा एमाले म्याग्दीको कार्तिक ६ गते देखि सुरु भएको वडा अधिवेशन जिल्लाका ३८ वटा वडामा सम्पन्न भएका छन ।

शनिबार र आइतबार सम्ममा बेनी नगरपालिकाका १० वटै वडा, मंगलाका ५ वटै वडा र मालिकाका ७ वटै वडामा अधिवेशन सम्पन्न भएका छन । त्यस्तै धौलागिरीका २,३,४,५,६,७ गरि ६ वटा वडा, रघुगंगाका २,३,४,५,६,७ गरि ६ वटा वडा र अन्नपुर्णका १,५,६,८ गरि ४ वटा वडामा अधिवेशन सम्पन्न भइसकेको एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले जानकारी दिनुभएको छ ।

आइतबार बेलुकी सम्पन्न अधिवेशनबाट रघुगंगा गाउँपालिका ७ को अध्यक्षमा ओम बहादुर पुन चयन हुनुभएको छ । वडा कमिटिको उपाध्यक्षमा इन्द्र बहादुर बुढा, सचिवमा थक बहादुर पाईजा रिम, उपसचिवमा सृजना थापा र मिथुन पाइजा चयन हुनुभएको अध्यक्ष मण्डलका गम पुनले जानकारी दिनुभएको छ ।

त्यस्तै अन्नपुर्ण गाउँपालिका १ मा कुल प्रसाद पुर्जाको अध्यक्षतामा वडा कमिटि चयन भएको छ । वडा नं ८ राम्चेमा देउ कुमारी खोरजाको अध्यक्षतामा २१ सदस्यीय वडा कमिटि गठन भएको छ । त्यस्तै धौलागिरी गाउँपालिका २ लुलाङ्गमा बल बहादुर बिश्वकर्माको अध्यक्षतामा वडा कमिटि गठन भएको छ ।

सोमबार ( आज ) रघुगंगाको वडा नं १, ८ र अन्नपुर्ण गाउँपालिका वडा नं ७ मा अधिवेशन सुरु भएको छ ।
अन्नपुर्ण गाउँपालिकाको २,३ र४ वडामा भने कार्तिक ९ गते (भोली) अधिवेशन सम्पन्न हुने एमाले म्याग्दीले जनाएको छ ।

You can share this post!

एमाले पुलाचौरको अध्यक्षमा दिनेश कार्कीः नेपाली कांग्रेस परित्याग गरि तीनजना एमाले प्रवेश

एमाले रघुगंगा गाउँपालिका १ को अध्यक्षमा नरसिंह पुन चयन

Related posts