बेनीका संस्थागत विद्यालयहरुलाई अनेरास्ववियुले माग्यो छात्रवृत्तिको विवरण

म्याग्दी । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले बेनीका संस्थागत विद्यालयहरुमा छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीको विवरण उपलब्ध गराउन माग गरेको छ ।

बुधबार अनेरास्ववियुका म्याग्दी जिल्ला अध्यक्ष मिलन खत्री नेतृत्वको टोलीले बेनीमा संचालनमा रहेको माउण्ट एभरेष्ट, बेनी बोर्डिङ्ग, लिटिल गार्डेन, बुद्ध एकेडेमी र न्यू वेष्ट प्वाइन्ट आवासीय माध्यमिक विद्यालयलाई छात्रवृत्ति विवरण उपलब्ध गराउन माग गरेको हो ।

अनेरास्ववियु केन्द्रीय कमिटीको निर्देशन अनुसार संस्थागत विद्यालयहरुले जम्मा विद्यार्थी संख्याको १० प्रतिशत छात्रवृत्ति प्रदान गर्नुपर्ने शिक्षा नियमावलीको प्रावधान अनुसार यहाँका विद्यालयले सो नीति अवलम्वन गरेका छन कि छैनन भनेर छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको विवरण उपलब्ध गराइदिन हुन अनुरोध गरेको अनेरास्ववियुका जिल्ला अध्यक्ष खत्रीले बताउनुभयो ।

छात्रवृत्ति प्राप्त गरेका विद्यार्थीहरुको विवरण अभिभावकहरुको पहुचमा हुने गरि बिद्यालय परिसर मा फ्लेक्स प्रीन्ट मा टास्न को लागि समेत अनुरोध गरेको छ । साथै उक्त विषयमा बेनी नगरपालिका प्रमुख सुरत केसीलाई ध्यानाकर्षण पत्र समेत बुझाएको अनेरास्ववियुले जनाएको छ ।

“अनेरास्ववियु स्थापना काल देखि नै शैक्षिक परिर्वतन, सामाजिक न्याय र जनजीविकाको सवालमा निरन्तर सशक्त र निर्णायक भूमिकामा उभिदै आईरहेको नेता संगठन हो अध्यक्ष खत्रीले भन्नुभयो” ।

अनेरास्ववियुले समाजमा घटेका हरेक विकृती विसंगती विरुद्धमा सशक्त प्रतिवाद गर्दै आईरहेको र विद्यार्थीहरुको हक अधिकार स्थापित गर्नको लागि निरन्तररुपमा कार्य गर्दै आईरहेकाले आगामी दिनहरुमा विद्यार्थी र विद्यालय केन्द्रित गतिविधिहरुलाई निरन्तरता दिने अध्यक्ष खत्रीको भनाई छ ।

You can share this post!

धवलागिरीको मुदीमा स्वास्थ्य चौकीको भवन निर्माण शुरु

म्याग्दीमा ३० औं मदन–आश्रित स्मृति दिवस मनाइयो

Related posts