नागरीक प्रती गैह्र जिम्मेवार बन्दै बेनी नगरपालिका

म्याग्दीको बेनी नगरपालिका नगरबासी जनता प्रति गैह्र जिम्मेवार बनेको छ। बुधबार कोरोनाको कारण ज्यान गुमाएका बेनपा ५ डडुवा भुतपानीका ४० बर्षीय ए बहादुर दर्जीे (नाम परिवर्तन)को बेनी अस्पतालमा उपचारकै क्रममा मृत्यू भयो । दर्जीको कोरोनाको कारण उपचारको क्रममा मृत्यु भए पछि बेनी अस्पतालमा उपचार गर्न लिएर आएका उनको श्रीमती र एक छोरी पैसाको अभावमा साँझ ७ः३० बजे सम्म बेनी अस्पतालमा नै अलपत्र परे । घर सम्म जाने पैसा नभए पछि अस्पतालमा नै दर्जीको श्रीमती र एक छोरी अलपत्र परेको डडुवाका युवा दिनेश कार्कीले थाहा पाए । उनले उनिहरु अलपत्र परेको थाहा पाउना साथ बेनी नगरपालिकासँग कुरा गरी दैनिक ५ हजारमा बेनी नगरपालिकाले कोरोना पिडीत विरामीका लागि व्यवस्थापन गरेको महेन्द्र कम्पनिको डबल क्याविन वाला रातो नम्बर पिलेट भएको ग ३ च २५५३ नम्बरको बुलेरो व्यवस्थापन गरेर घर पु¥याउन भन्दै पठाए ।
उनले पठाए पनि बेनी नगरपालीका भित्र रहेको कोभिड १९ संकट नियन्त्रणको लागि बनेको यातायात व्यवस्थापन समितीले ले भने उक्त गाडिलाइ विरामी बोक्नका लागि अर्काे ठाउँमा गाडि पठाउनु पर्ने भन्दै माहारानीथान नजिकै बाट फर्काएर पुन अस्पताल नै पठाईदियो । यो बेला सम्म साँझ ८ बजीसकेको थियो गरीब तथा दलित परिवारका यि दुई महिलाले बेनी नगरपालिका बाट नै न्याए पायनन् उद्धार कर्ता कार्कीले भने। नगरपालिका यति सम्म गैह्र जिम्मेवार बन्यो की अपत्र अवस्थामा दुई दलित गरीब महिला लाइ राति छाडेर कता भाग्यो । सोचौं त ! श्रीमान् गुमाएकी श्रीमती र वाबा गुमाएकी छोरी यसरी नगरपालिका बाट नै अलपत्र पारीदाँ कस्तो भएको होला ? उनीहरु त्यस बेला डाँको छोडेर मात्रै रोयनन्, न्याए खोज्न जानु पर्ने नगरपालिका बाट अन्यायमा पर्दाको पिडा पनि राम्रो सँग नै भोगे । यसरी बेनी नगरपालिका जनता प्रती नै गैह्र जिम्मेवार बन्यो ।
बेनी नगरपालिकाका उपमेयर सञ्जु बरुवाल सँग यस घटनाका बारेमा बुझ्न खोज्दा नगरपालिकाले नगर कार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्माको संयोजकत्वमा कोभिड १९ संकट व्यवस्थापनका लागि यातायात व्यवस्थापनमा समिती गठन भएको र उक्त समिती मार्फत गाडिको परिचालन गरीदै आएको भन्दै यस बारेमा आफु केही जानाकारी नभएको बताउनु भयो । उहाँले यधपी यो कार्य जसले गरेको भए पनि गलत गरेको भने स्वीकार गर्नु भयो । यस विषयमा कार्यापालिका सदस्य कृष्णकुमार विश्वकर्मासँग बुझ्दा दिउसो देखि नै भक्कीम्लेमा विरामीले नगरपालिकाको गाडि कुरेर बसेको र सोही कारण गाडि विरामी लिन पठाएको बताउनु भयो । उहाँले नगरपालिका मार्फत पठाएको गाडि बाट विरामीलाइ बेनी ल्याएर राति ११ बजे आसपासमा पोखरा ट्क्यासी मार्फत पठाएको भनेता पनि जिल्ला प्रहरी कर्यालय म्याग्दीका प्रमुख स्याम कुमार राईले राति ११ बजे आसपासमा ट्क्यासी मार्फत भक्कीम्लेको कोही पनि विरामी पोखरा गएको प्रहरीको रेकर्डमा नरहेको बताउनु भयो । राति ११ बजे आसपासमा बेनी स्थीत बेनी अस्पतालमा पनि कुनै पनि विरामी आएको रेकर्ड छैन ।
उता दुई आमा छोरीलाइ नगरपालीकाले अलपत्र पारेको भन्ने जानाकारी आए पच्चात गंगा जिसी फाउण्डेशनको सहयोगमा निलगीरी यातायात प्राली मार्फत रातको समयमा नै उद्धार गरेर घर पु¥याएको डडुवाका युवा दिनेश कार्कीले बताउनु भयो ।

You can share this post!

८ संक्रमितको अस्पतालमै अक्सिजन नपाएर मृत्यु

अनुगमनका नाममा छारो

Related posts