म्याग्दी । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि म्याग्दीको मंगला गाउँपालिका भित्रका सवै बिद्यालयहरु माघ ६ गते देखि १५ गते सम्म बन्द गरिने भएको छ ।
गाउँपालिकाले बिहिबार सूचना जारी गर्दै पालिका अन्तर्गतका सवै बिद्यालयहरुमा भौतिक उपस्थितिबाट हुने पठनपाठनहरु माघ १५ गते सम्मका लागि पूर्ण रुपमा बन्द गरिने जनाएको हो ।
पालिका भित्र कोरोना संक्रमणलाई नियन्त्रण गर्नका लागि तपाईको मास्क खोइ? अभियानलाई प्रभावकारी संचालन गर्ने, सामाजिक दुरी कायम राख्ने, खोप नलगाएका ब्यक्तिहरु तथा १२ बर्ष देखि माथिका बिद्यार्थीहरुलाई नजिकको स्वास्थ्य चौकि तथा बिद्यालयबाट खोप प्रदान गर्ने, सार्वजनिक स्थलहरुमा अनिवार्य खोप कार्ड हेरेर मात्र प्रवेश गर्ने ब्यबस्था मिलाईने, गाउँपालिका क्षेत्रमा कुनै पनि मेला, महोत्सवहरु संचालन गर्न रोक लगाउने, अत्यावश्यक तालिम तथा गोष्ठीहरुमा २५ भन्दा बढि सहभागी नहुने लगाएतका मापदण्डहरु बनाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोहर ढुङ्गानाले बताउनुभयो ।