मेला महोत्सव बन्द, कलाकारहरुले आम्दानी गुमाए फुर्सदिला बने

नेपाली नारीहरुको महान पर्व हरितालीका तिज नजिकिदै छ । तिजकै अबसरमा म्याग्दीका बिभिन्न बजार तथा ग्रामिण भेगहरुमा युवा क्लब तथा संघ, संस्थालउ तिज बिशेष मेला तथा सांस्कृतिक कार्यक्रमहरु बर्षेनी आयोजना हुने गर्दथे । खेलकुद तथा अन्य प्रतियोगीताहरु सहित कलाकारलाइ निमन्त्रणा गरेर सांस्कृतिक कार्यक्रम गरिन्थ्यो । तर अघिल्लो बर्ष देखि नै कोरोनाका कारण सबै कार्यक्रमहरु रोकिएपछि कलाकारहरुको आम्दानी गुम्नुका साथै फुर्सिदाला बनेका छन ।

तिजकै अबसरमा म्याग्दी सहित बाग्लुङ, र पर्बतमा आयोजना हुने सांस्कृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा प्रस्तुती दिन भ्याइ नभ्याइ हुने म्याग्दीका चर्चित एबँ लोकप्रीय लोक गायक रबि कार्की यतिबेला फुर्सदमा हुनुहुन्छ । गत बर्ष देखि कोराना भाइरस संक्रमणका कारण बन्द भएका मेला महोत्सवहरु अझै संचालनमा आएका छैनन ।

बेनी बजार झर मायालु, जाम सुस्तै, माया के रैछ जस्ता गीतहरु चर्चित बनेपछि गायक कार्कीलाइ मेलाहरुमा निकै माग हुन थालेको थियो । तिजको बेला १० भन्दा धेरै स्टेजमा पुगी राम्रो आम्दानी गर्ने गायक कार्कीले कोरोनाका कारण सांस्कृतिक कार्यक्रम संचालन नहुँदा समस्या भएको बताउनुहुन्छ ।

यसपालीको तिजको अबसरमा तिजको लखेटो दाहिने पखेटो, रेल आयो जनकपुर बोलको गीत बजारमा ल्याएका अर्का गायक धु्रब जिसी पनि स्टेजको अत्यास लागेको बताउनु हुन्छ । “तिजको बेला म्याग्दीको बिभिन्न ठाउँमा सांस्कृतिक कार्यक्रम हुन्थे, आयोजकको निमन्त्रणा अनुसार गीत गाउन पुगिन्थ्यो, गाइन्थ्यो र दर्शकलाइ नचाइन्थ्यो । रमाइलो पनि हुन्थ्यो र आम्दानी पनि तर कार्यक्रम आयोजना नहुँदा स्टेजको निकै याद भएको छ” गायक जिसी भन्नुहुन्छ ।

रेल आयो जनकपुर तिज गीतका गायीका मिलन बिश्वकर्माको पनि ब्यथा उस्तै छ । तिजके बेला रातो साडी लगाएर स्टेजमा गइ सबै दिदीबहिनीहरुलाइ नचाउन नपाउँदा तिज शुन्यै लागेको उहाँको भनाइ छ । अहिलेका निकै चर्चित गीत घर कता हो बहिनीको लौन साह्रै पन प¥यो का गायक प्रकाश दुतराज पनि गीत चलेको बेला प्रत्यक्ष दर्शक माझ स्टेजमा पुगेर गीत त्यही गीत गाउन मन लागेको बताउनुहुन्छ । कोरोनाका कारण कुनै प्रकारका सांस्कृतिक गतिबिधिहरु संचालन गर्न स्थानीय प्रशासनले अनुमति दिएको छैन ।                               तिजकै अबसरमा म्याग्दी जिल्ला भर २० भन्दा बढि ठाउँमा तिज बिशेष मेला आयोजना हुन्थ्यो तर यो बर्ष कुनै पनि कार्यक्रम संचालन भएका छैनन । जिल्लामा कुनै पनि सांस्कृतिक कार्यक्रमहरु संचालन नहुँदा कलाकारीतामा मात्रै निर्भर रहेका कलाकारहरुलाइ समस्या भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान म्याग्दीका अध्यक्ष समेत रहेका लोक दोहोरी गायक देबेन्द्र घिमिरेले बताउनु भयो ।

पछिल्लो समय जिल्लाका बिभिन्न ठाउँमा राजनितिक पार्टीका सभा तथा भेलाहरु आयोजना भइरहेकाले कि त्यस खालका गतिबिधि रोकिनु पर्ने होइन भने सांस्कृतिक कार्यक्रमहरु संचालन गर्न दिनु पर्ने अध्यक्ष घिमिरेको भनाइ छ ।

You can share this post!

म्याग्दीमा नेपाल पक्षका प्रभावशाली नेता मानिने सुबेदी र थापा एमालेमै रहने

बेनी नगरपालीकाको बिशेष नगरसभा, कर्मचारी बिद्येयक पारित

Related posts