एमाले म्याग्दीले असोज २५ देखि चुनावी प्रचार अभियान संचालन गर्ने

म्याग्दी । नेकपा एमाले म्याग्दीले आसन्न प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको पचार प्रसार अभियान असोज २५ गतेदेखि सुरु गर्नेभएको छ । सोमवार पार्टी कार्यालय हाँडेभिरमा सम्पन्न निर्वाचन परिचालन कमिटीको सचिवालय बैठकले असोज २५ गते विहान मंगला गाउँपालिका १ पूर्णगाउँबाट निर्वाचन कार्यक्रम संचालन गर्ने निर्णय गरेको हो ।

असोज २८ गते सम्म मंगलाका सवै वडा, असोज २ देखि कार्तिक २ गते सम्म मालिकाका सवै वडा, कार्तिक ३ गतेदेखि ८ गते सम्म धवलागिरि, कार्तिक ८ र ९ गते रघुगंगाको कुईने र ठाडाखानी, कार्तिक १२ देखि १८ गते सम्म बेनी नगरपालिका, कार्तिक १८ देखि २३ गते सम्म रघुगंगा, र कार्तिक २४ देखि ३० गते सम्म अन्नपूर्ण गाउँपालिकाका सवै वडा तहमा पुगेर चुनावी सभा तथा प्रचार प्रसारको कार्यक्रम गर्ने कार्यतालिक बनाईएको नेकपा एमाले म्याग्दीका अध्यक्ष एवम् निर्वाचन परिचालन कमिटीका संयोजक देवेन्द्र बहादुर केसीले बताउनुभयो ।

असोज ११ देखि २२ गते सम्म प्रदेश कमिटीका तथा प्रदेश निर्वाचन परिचालन कमिटी पालिका कमिटी तथा पालिका निर्वाचन परिचालन कमिटी, वडा कमिटी तथा वडा निर्वाचन परिचालन कमिटीका वैठकहरु सम्पन्न गर्ने निर्णय गरिएको छ ।

बैठकमा भएका निर्णयहरु सार्वजनिक गर्दै नेकपा एमालेका केन्द्रीय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्र बहादुर थापाले असोज ११ देखि २२ सम्मको अवधिमा पालिका कमिटी, वडा कमिटी तथा स्थानीय स्तरका निर्वाचन परिचालन कमिटीहरुलाई निर्वाचन लक्षित प्रचार–प्रसार, घरदैलो भेटघाट, कोणसभा तथा आगनसभाहरु संचालन गर्न निर्देशन दिनुभएको छ ।

थापाले असोज २५ देखि ३५ दिन सम्मको समयअवधिमा निर्वाचनको मुख्य कार्यक्रम लिएर उम्मेदवारहरु सहित जिल्लाको सवै बस्तीहरुमा पुग्ने र जनताहरुको नजिकबाट मन जित्ने गरि काम गर्ने अठोट गरेर फर्किने बताउनुभयो । समृद्ध नेपाल र सुखी नेपाली बनाउने एमालेको सपना अधुरै भएको र त्यसलाई पुरा गर्नका लागि मंसिर ४ पछि एमालेको एकल सरकार बन्ने गरि जनताको मत आउनुपर्ने विचार व्यक्त गर्नुभयो ।

बैठकमा नेकपा एमालेका केन्द्रीय सदस्य तथा जिल्ला सहईन्चार्ज नरदेवी पुन, प्रदेश कमिटी सदस्य तथा म्याग्दीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हरिकृष्ण श्रेष्ठ, जिल्ला अध्यक्ष केसी, उपाध्यक्ष बालकृष्ण सुवेदी, सचिव तथा बेनी नगरपालिकाका प्रमु्ख सुरत केसी, उपसचिव थमसरा पुन, राष्ट्रिय युवा सघका केन्द्रीय उपाध्यक्ष सन्तोष रावल, बेनी नगर कमिटी अध्यक्ष नारायण जिसी, पालिका कमिटीका अध्यक्षहरु तथा अन्य जनवर्गीय संगठनका प्रमुखहरुको उपस्थिति रहेको थियो ।

You can share this post!

एघारौँ बेनी बोर्डिङ कपको उपाधी बेनी सामुदायिकलाई

मगरकप २०२२ को उपाधी मोना फ्रान्सले जित्यो

Related posts