शिक्षक भलिबलको उपाधि डनिङ आवासीय र शिख माविलाई

म्याग्दी प्रथम म्याग्दी भलिबल कप २०८० अन्तर्गत पुरुष र महिला शिक्षक भलिबल प्रतियोगिताको उपाधी डनिङ आवासीय मावि बावियाचौर र शिख मावि शिखले जितेको छ ।

शुक्रबार खुल्लामञ्चमा भएको फाइनल खेलमा पुरुष शिक्षकतर्फ मंगला गाउँपालिका–२ बावियाचौरको डनिङले बेनी नगरपालिका–९ तोरिपानीस्थित गलेश्वर माविलाई सोझो सेटमा पराजित गरेको थियो भने महिला तर्फ अन्नपूर्ण गाउँपालिका–५ स्थित शिख माविले माउण्ट एभरेष्ट आवासीय माविलाई सोझो सेटमा पराजित गदैं उपाधी जितेको म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँले बताउनुभयो ।

विजेताले क्रमश नगद रु २० हजार र द्वितीय हुनेलाई नगद रु १० हजार ट्रफि, मेडल प्रमाणपत्र प्राप्त गरेका थिए । बिजेतालाई गण्डकी प्रदेशकी सांसद बिमला गौचनले पुरस्कार वितरण गदैं शिक्षक बिचको भलिबल प्रतियोगिताले विद्यार्थीको समेत खेल सुधारमा सघाउने बताउनुभयो ।

प्रतियोगितामा पुरुष शिक्षकतर्फ डनिङका अनित वुढाथोकी र महिला शिक्षकतर्फ शिख माविकी सृजना पाईजा सर्वोत्कृष्ट खेलाडी घोषित भई नगद रु २ हजार ५ सय सहित ट्रफिद्वारा पुरस्कृत हुनुभएको थियो ।

प्रतियोगितामा पुरुष शिक्षकतर्फ २० र महिला शिक्षकतर्फ १० वटा विद्यालय सहभागि भएका थिए । यसैबीच छात्र र छात्रा भलिबलको फाईनल खेल शनिबार विहान १० बजे सुरु हुने आयोजकले जनाएको छ । छात्रतर्फ प्रकाश मावि र किसानी मावि बिम, छात्रातर्फ प्रकाश मावि र शिख माबि फाइनलमा प्रवेश गरेका छन् । फाइनल खेल अघि म्याग्दी जिल्ला भलिबल संघ र जिल्ला प्रहरी कार्यालय विच मैत्रिपूर्ण भलिबल खेलको समेत आयोजना गरिएको छ ।

 

You can share this post!

म्याग्दीको नयाँ गन्तब्यः टोड्के धौलागिरी कल्चरल प्यानारामा ट्रेक

नेकपा एमाले म्याग्दीको अध्यक्षमा बालकृष्ण सुवेदी निर्वाचित

Related posts