माओवादी केन्द्रको महाधिवेशनमा म्याग्दीबाट चार जना प्रतिनिधी छनौट

बेनी । यही पुष ११ देखि १३ गतेसम्म काठमाडौंमा आयोजना हुन लागेको नेकपा माओवादी केन्द्रको प्रथम राष्ट्रिय सम्मेलनमा म्याग्दीबाट चार जना महाधिवेशन प्रतिनिधी छनौट हुनुभएको छ । गत हप्ता पोखरामा भएको गण्डकी प्रदेशको प्रथम अधिवेशनले नेताहरु बिनोद केसी, टेकबहादुर बिक, रेशम जुग्जाली र ज्योती लामिछाने पौडेललाई प्रतिनिधी छनौट गरेको हो ।

म्याग्दी जिल्ला इञ्चार्ज गोबिन्द पौडेल केन्द्रीय सम्मेलन आयोजक समितिको सदस्य हुनुहुन्छ । म्याग्दीका वडा र पालिकामा भने माओवादी केन्द्रले यसअघि नै सर्वसम्मत नेतृत्व चयन गरिसकेको छ ।

You can share this post!

म्याग्दीको बेनीमा मेलमिलापसम्बन्धी आधारभूत तालिम सुरु

कांग्रेसका संस्थापक नेता भट्टराईको ९८ औं जन्मजयन्तीः ‘सन्त नेता किसुनजी’ पुस्तकको रत्नेचौरमा लोकार्पण

Related posts