नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा प्रेम बुढा मगर

म्याग्दी । नेपाल मगर विद्यार्थी संघ गण्डकी प्रदेशको अध्यक्षमा कास्कीका प्रेम बुढा मगर चयन हुनुभएको छ । शनिवार पोखरामा सम्पन्न संघको दोस्रो अधिवेशनबाट बुढाको अध्यक्षतामा नयाँ कार्य समिति चयन भएको हो ।

नवगठित समितिको उपाध्यक्षमा समिर रोका मगर ( म्याग्दी ), सगुन राना मगर ( स्याङजा ), विजय घर्ति मगर (म्याग्दी), महिला उपाध्यक्षमा स्मिता थापा मगर (गोरखा), सचिवमा सुशिल थामा मगर (कास्की), सहसचिवमा सोनम थापा मगर (बागलुङ) र कोषाध्यक्षमा अस्मिता थापा मगर (गोरखा) चयन हुनुभएको उपाध्यक्ष समिर रोका मगरले जानकारी दिनुभएको छ ।

त्यस्तै कार्य समिति सदस्यहरुमा कृष्ण बुढा मगर, महेश घर्ती मगर, अनुप बुढा मगर, सन्जोक थापा मगर, विशाल पुन, मौसम थापा मगर, सुनिता आले मगर चयन हुनुभएको छ ।

‘पूर्ण समानुपातिक र पहिचान सहितको राज्य व्यवस्थाको लागि हाम्रो आन्दोलन, वैज्ञानिक, बहुभाषिक संघीय शिक्षा प्रणालीको पक्षमा दास्रो प्रदेश अधिवेशन’ भन्ने मुल नाराका साथ आयोजित अधिवेशनको मगर विद्यार्थी संघ केन्द्रीय कार्य समितिका महासचिव प्रेम रोका मगरले शुक्रबार उद्घाटन गर्नुभएको थियो ।

गण्डकी प्रदेशका मनाङ बाहेकका १० वटा जिल्ला, आंगिक क्याम्पस, र पालिका समितिबाट समेत गरि १५० जना प्रतिनिधि अधिवेशनमा सहभागी सहभागी भएका थिए ।

 

 

You can share this post!

राष्ट्रिय खेलकुदलाई व्यवस्थित बनाउन बेनपा –७ मा उपसमिति गठन

ओलम्पिकको झल्को दिनेगरी समापन गरियो वेष्ट पोइन्टको खेल महोत्सव

Related posts