काठमाडौं । काठमाडौंमा व्यवसायीक रुपमा होटल पेशा व्यवसायमा अबद्ध गुरुङ्ग समुदायको संगठन होटल व्यवसायी समाजको अध्यक्षमा तमबहादुर गुरुङ्ग निर्वाचित हुनु भएको छ । शनिबार टोखा स्थित् भुतखेलमा भएको समाजको छैटौं अधिवेशनबाट काठमाडौंको गोङ्गबुचोकस्थित सिमरन गेष्टहाउस सञ्चालक गुरुङ्गको अध्यक्षतामा १३ सदस्य कार्यसमिति गठन गरिएको हो । समितिको बरिष्ठ उपाध्यक्षमा दुर्गा बहादुर गुरुङ्ग, उपाध्यक्षमा हरि गुरुङ्ग, महासचिवमा लक्षिणप्रसाद गुरुङ्ग, सविचमा पदम गुरुङ्ग, कोषाध्यक्ष हरिमान घले, सहकोषाध्यक्षमा श्रीमान् गुरुङ्ग चिर्वाचित हुनु भएको छ । त्यसैगरी समाजको सदस्यहरुमा छवि गुरुङ्ग, राधिका गुरुङ्ग, पदमकुमारी गुरुङ्ग, देवि गुरुङ्ग, ज्ञानमाया गुरुङ्ग र ताराबहादुर गुरुङ्ग निर्वाचित हुनु भएको छ ।