देशब्यापी रुपमा फैलिरहेको कोभिड–१९ कोरोना भाइरसको बढ्दो संक्रमण लाई नियन्तरण गर्नका लागि जिल्ला प्रशासन कार्यालय म्याग्दीले म्याग्दी बासीमा लागु हुने गरी प्रेस विज्ञप्ति निकालेको छ । जिल्ला बासिहरुमा अनुरोध सहितको उक्त प्रेस विज्ञप्तिमा बडा दशैं मनाउने क्रममा कुनै पनि मन्दिर, कोट, शक्ति पिठमा अधिकतम दुई जना पुजारीले नित्य पुजा गर्ने बाहेकका अन्य कुनै पनि प्रकारको जमघट हुने, बाजा बजाउने, मेलापर्व र खेलकुद आयोजना गर्न नपाउने उल्लेख गरीएको छ ।
(डिसीसीएमसी ) म्याग्दीको बैठकमा आएको सुझाव अनुसार प्रसाशन कर्यालयले म्यग्दीले विज्ञप्ति जारी गरेको सायक प्रमुख जिल्ला अधिकारी माया कुवरले जानाकारी दिनु भयो । त्यसैगरी तिहारलाई मध्यनजर गर्दै कोभिड–१९ को संक्रमण बढ्न नदिन र शान्ति सुरक्षालाई सुव्यवस्थित गर्न कुनै पनि प्रकारको भिडभाडजन्य जमघट, भेला, देउसीभैलो, आतसबाजी जस्ता कार्यक्रम नगर्नरनगराउन सम्बन्धित सबैमा अनुरोध गर्ने र उक्त कार्य कोही कसैले गरेमा संक्रामक रोग ऐन, २०२० को प्रयोग गरी आवश्यक कारवाही गर्ने ब्यहोरा विज्ञप्तीमा उललेख गरीएको छ ।
म्याग्दी जिल्लामा प्रवेश गर्ने नाकाहरुमा थप कडाई गरी जिल्ला बाहीरबाट आउने व्यक्तिहरु सोझै परिवार र समुदायमा घुलमिल भएमा संक्रमण थप फैलिने हुदाँ आगन्तुक प्रत्येक नागरिक होम क्वारेन्टाइनमा अनिवार्य बस्नु पर्ने जिल्ला प्रसाशन कार्यालय म्याग्दीले जनाएको छ ।
त्यसैगरी हाल सञ्चालनमा रहेको आइसोलेशन कक्षलाई म्याग्दी जिल्ला भित्रको कोभिड हस्पिटलको रुपमा बिस्तार गर्ने बताउँदै स्थानीय तहहरुमा अनिवार्य रुपमा ५० बेडको क्वारेन्टाइन र १५ बेडको प्रि–आइसोलेसन निमार्ण गरी १० बेडको हस्पिटल निमार्ण गरीने सा–प्रजिअ कुवरले जानाकारी दिनु भयो ।