म्याग्दीमा नेपाल पक्षका प्रभावशाली नेता मानिने सुबेदी र थापा एमालेमै रहने

म्याग्दी जिल्लामा माधव नेपाल पक्षका प्रवाशाली नेताका रुपमा रहेका बालकृष्ण सुबेदी र राजकुमार थापाले नेकपा एमालेमा नै रहने निर्णय गर्नु भएको छ । नेकपा एमाले म्याग्दीका पार्टी सचिव सुबेदी र सचिवालय सदस्य राजकुमार थापाले मंगलबार पार्टि कार्यालय हाँडेभिरमा आयोजित नेकपा एमाले जिल्ला कमिटी म्याग्दीको बैठकमा सहभागी भएर आफुहरुले नेपालको साथ छोडेर नेकपा एमालेमा नै रहेको बताउनु भएको हो । एमाले अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बिचको अन्तरबिरोधको समयमा जिल्लामा नेपाल पक्षको नेतृत्व लिनुभएका सुबेदी र थापाद्धयले नेकपा एमालेबाट बिभाजन भएको एकिकृत समाजबादी पार्टिमा लाग्न नसकिने भन्दै एमालेमै बसेर पार्टी भित्रको खराब प्रवृतिको बिरुद्धमा अन्तरसंघर्ष गर्ने बताउनु भयो ।
पार्टिमा आन्तरिक विबाद उत्पन्न भइ ओली र नेपालको टकराबका कारण पार्टी फुटको नजिक पुग्दै गर्दा बिबाद सुल्झाउन बनेको कार्यदलले १० बुदेँ सहमती तयार ग¥यो । पार्टी फुटबाट जोगाउनका लागि उक्त सहमति अनुरुप कार्य गर्न ओली प्रतिबद्घ रहेपनि नेपालले त्यसलाइ अस्वीकार गर्दै पार्टी बिभाजन गरेकोले आफुहरु कम्युनिष्ट आन्दोलनको फुटको पक्षमा नरहेको नेताद्धयको भनाइ रहेको छ ।

उहाँहरुले माओबादी संगको पार्टी एकतालाई मुर्तरुप दिन नकेको, संबिधान बिपरित संसद बिघटन गरको जस्ता ओलीको गतिबिधि प्रति असन्तुष्ट बेनको तर जबजको सिद्धान्त र जनताको लोकप्रीय पार्टी नेकपा एमाले छोडेर बिभाजित पार्टीमा जानु उचित नभएको बताउनुभयो ।
उहाँहरु संगै माधव नेपाल तिर लाग्नु भएका जिल्ला कमिटीका अन्य सदस्य तथा नेता कर्यकर्ताहरु पनि नेकपा एमालेमा नै रहने भएका छन् । माधव नेपाल तर्फ खुलेर लागेका नेताहरु पार्टी फुटको पक्षमा नदेखिए पछि एमाले फुटेर बनेको माधव नेपाल नेतृत्वको एकिकृत समाजबादी पार्टिको म्याग्दीमा संगठन निमार्ण नै हुन नसक्ने देखिएको छ ।
त्यसैगरी मंगलबार बसेको एमाले म्याग्दीको बैठकले भदौ २५ गते जिल्ला स्तरीय अगुवा कार्यकता भेला आयोजना गर्ने, भाद्र महिना भित्र पुरानो सदस्यता नविकरण गर्ने र नयाँ सदस्यता वितरण कार्य सम्पन्न गर्ने निर्णय गरेको नेकपा एमाले म्याग्दीका अध्यक्ष हरिकृष्ण श्रेष्ठले बताउनु भयो ।

You can share this post!

मोना पोर्तुगलको सातौं अधिवेशन, अध्यक्षमा रविन पुन

मेला महोत्सव बन्द, कलाकारहरुले आम्दानी गुमाए फुर्सदिला बने

Related posts