तालमेलका लागि कुनैदल संग औपचारिक छलफल भएको छैनः एमाले म्याग्दी

म्याग्दी । नेकपा एमाले म्याग्दीले आसन्न स्थानीय तहको निर्वाचनमा सहमति गर्ने बिषयमा कुनैपनि दलसंग औपचारिक छलफल नभएको बताएको छ ।

शनिवार स्थानीय संचारमाध्यममा प्रकाशित भएको एमाले र माओबादी तालमेलका लागि आन्तरिक छलफलमा भन्ने समाचारको खण्डन गर्दै नेकपा एमालेका उपाध्यक्ष बालकृष्ण सुवेदीले सत्तारुढ दल नेकपा माओवादी केन्द्र संग स्थानीय चुनावको सन्दर्भमा रहेर आजको दिन सम्म कुनैपनि भेटघाट तथा छलफल नभएको स्पष्ट पार्नुभएको हो ।

आसन्न स्थानीय तहको निर्वाचनमा जिल्लामा नेकपा एमाले एक्लै लड्ने तयारीमा रहेकाले कसैसंग तालमेल आवश्यक नभएको उहाँको भनाई छ । सञ्चार माध्यममा प्रकाशन भएको समाचारमा कुनै सत्यता नभएकाले भ्रममा नपर्न सम्पूर्ण कार्यकर्ता तथा एमालेका शुभेच्छुकहरुलाई अनुरोध समेत गर्नुभएको छ ।

नेकपा एमाले पालिका तथा वडाहरुबाट सिफारिस भएर आएका उम्मेदवार छनौटका लागि आन्तरिक छलफलमा जुटिरहको छ, तालमेलको बिषयमा सोचाई समेत बनाएका छैनौँ, नेकपा एमालेका सचिव सुरज केसीले भन्नुभयो ।

चुनावी तालमेलका बिषयलाई लिएर बिपक्ष कुनैपनि दल वा नेताहरु संग आधिकारिक रुपमा भेटवार्ता तथा सम्वाद नगरिएको सम्वन्धी नेकपा एमालेले यसअघि पनि विज्ञप्ती प्रकाशित गरिसकेको छ ।

You can share this post!

बेनी–मालढुङ्गा सडक आजदेखि दैनिक पाँच घण्टा बन्द

दुरलेक पर्यटकको पखाईमा

Related posts