लम्जुङकी पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणबाट निधन

लम्जुङकी पत्रकार चाँदनी अधिकारीको डेंगु रोग संक्रमणका कारण निधन भएको छ ।

प्रेस सेन्टर नेपाल लमजुङ समितिकी सचिव तथा रेडियो भोटेवडार ९०.८ मेगाहर्ज, लमजुङका समाचारवाचिका पत्रकार चाँदनी अधिकारीको डेंगु संक्रमणका कारण बुधबार निधन भएको हो ।

डेंगु संक्रमणबाट विरामी भएकी २२ बर्षिय अधिकारीको उपचारको क्रममा चितवनमा निधन भएको पारिवारिक श्रोतले जनाएको छ ।
पत्रकार अधिकारीको निधनमा प्रेस सेन्टर नेपाल गण्डकी प्रदेशले दुख व्यक्त गरेको छ ।

समितिका महासचिव सन्तोष गौतमले शोक वक्तव्य जारी गर्दै पत्रकार स्व.अधिकारीको दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुभएको छ ।

You can share this post!

पूर्वाधार निर्माणले बेलढुङ्गामा आन्तरिक पर्यटकको चहलपहल

पिप्ले र मुदीमा एमालेका उम्मेदवार सहित घरदैलो

Related posts