राष्ट्रिय युवा संघ म्याग्दीको ११ औँ जिल्ला अधिवेशनको तयारी पुरा

म्याग्दी । नेकपा एमाले निकट युवाहरुको संगठन राष्ट्रिय युवा संघ नेपाल म्याग्दीको ११ औँ जिल्ला अधिवेशनको तयारी पुरा भएको छ । शुक्रबार (भोली) देखि सुरु हुने अधिवेशनको प्रचार प्रसार, मन्च सजावत, प्रतिनिधि व्यवस्थापन, अतिथि सत्कार लगायतका सम्पूर्ण तयारी पुरा भएको संघका जिल्ला संयोजक शिशिर शाहीले बताउनुभयो ।

अधिवेशनको शुक्रबार राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय उपाध्यक्ष सन्तोष रावलले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनमा जिल्ला कमिटि, वडा कमिटि र पालिका कमिटिबाट गरि २०० भन्दा बढि प्रतिनिधिहरु सहभागी हुनेछन । जिल्ला समन्वय समितिको सभाहलमा फागुन २६ र २७ गते दुईदिन सम्म अधिवेशन संचालन हुनेछ ।

अधिवेशनले सर्वसहमतिमै नयाँ नेतृत्व चयन गर्ने गरि तयारी भईरहेको संघले जनाएको छ । न्याय प्रेमी युवाहरु राष्ट्रिय युवा संघमा, सामाजिक परिवर्तन युवाको काँधमा भन्ने नारा सहित आयोजित अधिवेशनलाई भव्य रुपमा सफल पार्नका लागि उपस्थित हुन संघले सम्पूर्ण युवाहरुलाई आव्हान समेत गरेको छ ।

You can share this post!

अन्नपूर्णमा समुदायमा आधारित विपद प्रतिकार्य तालिम

प्रतिष्ठान म्याग्दीद्वारा स्थापना दिवसको अवसरमा निशुल्क कम्प्युटर कक्षा

Related posts