धौलागिरीको आफ्नै लगानीमा एम्वुलेन्स सेवा

म्याग्दीको धौलागिरी गाउँपालिकाले आफ्नै लगानीमा एम्वुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँ कार्यपालिकाको निर्णय र गाउँसभाको स्वीकृत बजेट अनुसार चालु आर्थिक वर्षको विनियोजित बजेटबाट एम्वुलेन्स खरिद गरि सेवा सञ्चालन गरेको हो ।

दुर्गम भेगका सर्वसाधरणहरुलाई एम्बुलेन्स सेवाको पुुहुँच पु¥याउन पालिकाले आफ्नै लगानीमा सेवा सुरु गरेको पालिका अध्यक्ष थमसरा पुनले बताउनुभयो ।

दश लाख उनान्असी हजार सात सय पैसठ्ठी रुपैयाँमा खरिद गरिएको एम्वुलेन्सको डेकोरेसनमा एक लाख सत्ताइस हजार खर्च भएको छ । एम्वुलेन्स खरिद गर्दा स्वास्थ्य मन्त्रालयको सिफारिसमा नेपाल सरकारबाट पुर्ण रुपमा भन्सार छुट भएको गाउँपालिकाका अध्यक्ष पुनले बताउनुभएको छ ।

गाउँपालिकाले बिगत २ बर्षदेखि बनाएको योजना अहिले पुरा भएको अध्यक्ष पुनले बताउनुभयो । कार्यपालिकाको बैठक राखेर एम्वुलेन्स संचालन कार्यविधि बनाउने र सोही अनुसार पालिकाकै मातहतमा समिति बनाएर सेवा प्रवाह गर्ने योजना रहेको पुनले बताउनुभयो ।

पालिका भित्रका सवै वडालाई सहज हुने गरि एम्वुलेन्स राख्ने केन्द्र बनाउने निर्णय पनि कार्यपालिकाको बैठकले नै गर्नेछ । पालिकाका वडाबाट बेनी, बाग्लुङ, पोखरा, काठमाडौँ अथवा अन्य कुनै स्थानमा पुगको शुल्क निर्धारण गर्ने कार्य पनि कार्यपालिकाले गर्ने र सकेसम्म कम शुल्क लिने ब्यवस्थ गर्ने अध्यक्ष पुनको भनाई छ ।

शुल्क निर्धारणका लागि यातायान व्यवसायी, ट्राफिक प्रहरी र सरोकारवालाहरु संग पनि छलफल गर्ने उहाँले बताउनुभयो । धौलागिरी गाउँपालिकाका लागि मात्र होइन खाली बसेको समयमा अन्य पालिकालाई पनि सेवा दिन सक्ने गरि कार्यविधि बनाउन लागिएको छ ।

धौलागिरी गाउँपालिकाका मुदी, गुर्जा, लुलाङ, मल्कवाङ, मराङ लगाएतका ठाउँबाट अक्सिजन राखेर अस्पताल लैजानुपर्ने बिरामी, गर्भवति महिला, दुर्घटनामा गम्भिर घाइते भएका र शव बोक्नका लागि त्यहाँका स्थानीयले निकै समस्या झेल्नु परेको थियो ।

व्यवसायिक यातायातको सेवा लिदा महङुगो रकम तिर्नु पर्ने अबस्था थियो । आपतकालिन घटनाका बिरामीहरुलाई अस्पताल पु¥याउन समस्या भयो, स्थानीय जनतालाई राहत होला भनेर एम्वुलेन्स खरिद गरेका छौँ, अध्यक्ष पुनले भन्नुभयो “यो एम्वुलेन्स समग्र धौलागिरी बासीको बिपतको साथी बन्नेछ” ।

जिल्लाका केहि संस्थाहरुले खरिद गरेका एम्वुलेन्स संचालन हुन नसकेर थन्किएको अबस्थामा हामीले चुनौति लिएका छौँ तर हाम्रो पालिकाले १२ महिना संचालन गछौँ, अध्यक्ष पुनले भन्नुभयो ।

 

You can share this post!

बेनीमा पिपलको हाँगा काट्ने क्रममा खसेर पुनको मृत्यु

प्राप्तिको जन्म दिनमा शैक्षिक सामग्री सहयोग

Related posts