गतबर्ष सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीमा मात्रै ६४ वटा निवेदन दर्ता

पछिल्लो समय म्याग्दीमा घरेलु हिंसाका घटनाको निवेदन दर्ता बढ्दै जान थालेका छन् । सामुदायिक प्रहरी सेवा केन्द्र म्याग्दीमा मात्रै गत बर्ष विभिन्न शिर्षकमा ६४ वटा निवेदन दर्ता भएका छन् । दर्ता भएका निवेदन मध्ये सबै भन्दा बढी घरेलु हिंसाका निवेदन दर्ता भएकाे हुन् । पहिले पहिले घटना घट्ने गरेता पनि सम्बन्धित पक्षमा घटनाका बारेमा जानकारी नहुने भए पनि पछिल्लो समय म्याग्दीमा लुकाएर राख्ने गरीएको घटनाहरु विस्तारै बाहिर आउन थालेका कारण घरेलु निवेदन दर्ता बढीरहेकाे भएको सामुदायिक प्रहरी सेवा केन्द्रको अध्यक्ष विष्णु गुरुङ्गले बताउनु भयो । गत बर्ष मात्रै ३३ वटा महिला हिंसा, ५ वटा लैङ्गिक हिंसा, ४ वटा समान्य चोरी, २ वटा साँध सिमाना, ४ वटा श्रम सोषण, ४ वटा महिला हिंसा, ३ वटा ठगी र ९ वटा वालविवाह सम्बन्धि गरी ६४ वटा निवेदन दर्ता भएका थिए ।


वालवालिका सम्बन्धि निवेदन सेवा केन्द्रमा दर्ता भए पनि जिल्ला प्रहरी कर्यालय म्याग्दीमा समन्वय गरेर पठाएको गुरुङ्गले बताउनु भयो । अन्य बाँकि निवेदनमा केन्द्रमा नै मेलमिलाप गरीएको उहाँले बताउनु भयो ।
दर्ता भएका निवेदन मध्ये ४४ वटा मुद्धाको मेलमिलाप गरिएको छ । ९ वटा वालवालिका सम्बन्धि निवेदन जिल्ला प्रहरी कार्यलय म्याग्दीमा बुझाएको र बाँकी ११ वटा निवेदनको मेलमिलाप हुन बाँकि रहेको छ ।
घरेलु हिंसामा महिला मात्रै नभएर पुरुष पनि पछिल्लो समयमा पिडित भएको उजुरी आफु सँग आएको गुरुङ्गले बताउनु भयो । सबै भन्दा बढी हिंसा मदिरा, गरिवी र अशिक्षाका कारणले हुने गरेको बताउँदै मदिराको खुल्ला विक्री वितरण कार्यलाई रोक्नु पर्ने उहाँले बताउनु भयो । प्रत्येक स्थानिय तहरुमा पनि उपाध्यक्ष प्रमुख हुने गरी अनुगम समिती कानुाी हिसाबमा नै निमार्ण भएको बताउँदै स्थानिय तहले यसको रोकथामका लागि गम्भिर भएर लाग्नु पर्ने बताउनु भयो ।

You can share this post!

टोल वा गाउँमा नयाँ मान्छे आए सात दिन क्वारेन्टाइन राख्न सरकारको अनुरोध

सरु बचाउ अभियानमा मोना क्षेत्रीय कमिटी सेन्दाई जापनाको आर्थिक सहयोग

Related posts