Close in s

नक्कली बाबु बन्न खोज्ने एक जना पक्राउ

म्याग्दीमा नक्कली बाबु बनेर नाबालक परिचय पत्र बनाउन खोज्ने एक व्यक्ति पक्राउ परेका छ्न । धवलागिरी गाउँपालिका, वडा नम्बर–३ का एक जना पुरुषलाई ‘झुटा विवरण पेश गरेको’ भन्दै प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय, म्याग्दीका अनुसार नाबालक परिचयपत्र बनाउन आएका वर्षका रेशमबहादुर भण्डारीले अर्कैकी छोरीलाई आफ्नो छोरी भएको जनाउने गरी नक्कली कागजात तयार गरेका थिए ।
“रेशमबहादुर पेश गरेका कागजात शङ्कास्पद देखिएपछि जिल्ला प्रशासन कार्यालयको निर्देशनमा आवश्यक छानबिनका लागि नियन्त्रणमा लिएका हौं,” प्रहरी नायव उपरीक्षक श्यामकुमार राईले भने, “प्रारम्भिक अनुसन्धानअनुसार स्थानीय १५ वर्षीया बालिकालाई आफ्नो छोरी बनाउने गरी भण्डारीले नक्कली कागजात पेश गरेको पाइएको छ ।”
प्रहरीका अनुसार झुटा विवरण पेश गरेर लिखत सम्बन्धी कसुर गरेको अभियोगमा पक्राउ परेका भण्डारीमाथि थप छानबिनका लागि अदालतबाट म्याद थप गर्न अनुमति मागिएको छ ।
प्रारम्भिक बयानका क्रममा रेशमबहादुरले ती बालिकालाई विदेश (जापान) पठाउने उद्देश्यले नाबालक परिचयपत्र बनाउन लागेको खुलेको छ ।

You can share this post!

महिला भलिबलः मुख्यमन्त्री कपको उपाधि म्याग्दीलाई

महिला भलिबलः मुख्यमन्त्री कपको उपाधि म्याग्दीलाई

Related posts
error: Content is protected !!