नेकपाका जनप्रतिनिधिहरुले कित्ता किलियर गर्नु पर्छः म्याग्दी कांग्रेस

सोमबार नेपाली कांग्रेसले देश भरका १६५ वटा नै निर्वाचन क्षेत्रमा सरकारले गरेको प्रतिनिधिसभा विघटन को विरुद्धमा आफ्नो विरोध प्रदर्शन गर्याे । सोही अनुसार म्याग्दीमा पनि नेपाली कांग्रेस म्याग्दीले विरोद्ध प्रदर्शन गर्याे । पार्टी कार्यालय संगम चोक बाट निकालिएको विरोध कार्यक्रामको प्रदर्शन सहितको ¥याली बेनी बजार परीकर्मा गरेर क्याम्पस चोकमा पुगेर कोणसभा गरी विगठन गरीयो ।
क्याम्पस चोकमा गरीएको कोण सभालाई संवोधन गर्दै नेपाली कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्वुजालेओली सरकारले सत्ता र पार्टी दुवै चलाउन नसकेको बताउनु भयो भने नेपाली कांग्रेस म्याग्दीका नेता तथा संविधान सभा सदस्य रेशम बहादुर बानियाँले नेकपा बाट जनताको मत ल्याएर प्रतिनिधी सभाका सदस्य भएका नेताहरुले कित्ता किलियर गर्नु पर्ने बताउनु भयो ।

उहाँले जनताले नेताहरुले कित्ता किलियर नगर्दा नेकपाका कार्यकर्ता अलमलमा परेको बताउँदै लाजको पसारो जसरी जनप्रतिनिधीहरु विचमा बस्न नहुने बताउनु भयो । उहाँले प्रधानमन्त्री ओलीले गरेको कार्य असंबैधानिक भएको बताउदै संसद बिघटन गर्ने अधिकार संविधानको कुनै पनि धारा उपधारामा नरहेको बताउनुभयो ।


कांग्रेस अदालतको निर्णय मान्ने पार्टी हो, सधैँ सम्मान गरेको छ । धम्क्याएर होइन । अदालतले जुनसुकै किसिमको फैसला सुनाए पनि थर्काउने धम्क्याउने काम गर्दैनौं, बानी पनि छैन, चलन पनि छैन’ बानियाँले भन्नुभयो, ‘अदालतलाई स्वविवेकीय अधिकार छ । अदालतको अधिकारको निर्णयलाई हामी स्वीकार गर्नेछौं । अन्तिम ठाउँ न्यायालय हो
कार्यक्रममा पूर्व सभापती डा. भुपेन्द्र खड्का, पूर्व सहसभापती नेत्र महत, सचिव तथा बेनी नगरपालिका प्रमुख हरिकुमार श्रेष्ठ, सचिव क्या मिनबहादुर कार्की, महिला संघ उपाध्यक्ष निर्मला श्रेष्ठ, जिल्ला सदस्य केबि भण्डारी, महासमिति सदस्य चिरञ्जीवी शर्माले प्रधानमन्त्रीको असंबैधानिक कमदको विरोद्ध गर्दै सबै एकजुट भएर संविधानको रक्षा गर्नुपर्ने दिन आएको बताएका थिए । कार्यक्रम पार्टी सह–सचिव भरतबहादुर रकालको सञ्चालन, उपसभापती माधव प्रसाद रेग्मीको स्वागतमा सम्पन्न भएको थियो ।

You can share this post!

खबराका मृगौला पिडीत पाठक लाइ लायन्स् क्लब अफ बेनी लभ्लीहिलको सहयोग

मुस्ताङमा जारी लकडाउन खुल्यो, मुक्तीनाथ मन्दिर पौष २१ गते देखि खुल्ला गरीने

Related posts