खबराका मृगौला पिडीत पाठक लाइ लायन्स् क्लब अफ बेनी लभ्लीहिलको सहयोग

बेनी नगरपालिका २ खबराका मृगौला पिडीत धनबहादुर पाठकलाई लायन्स् क्लब अफ बेनी लभ्लीहिलले सहयोग गरेको छ । बेनीको एक बोडिङ्ग स्कुलमा अध्यापन गराउने पाठकको मृगौलामा समस्या देखिएको र उपचारमा आर्थिक समस्या आए पछि सोही विद्यालयका शिक्षक कृष्ण जिसीको संयोजकत्वमा पाठक बचाउ अभियान सञ्चालन गरीएको थियो । सोही सञ्चालन गरीएको अभियान मार्फत पाठक लाई ८ हजार ५ सय रुपैयाँ सहयोग गरीएको लायन्स् क्लब अफ बेनी लभ्लीहिलका अध्यक्ष अर्जुन पौडेल बताउनु भयो ।
सहयोग रकम पाठक बचाउ अभियानका संयोजक कृष्ण जिसीलाई क्लब अध्यक्ष पौडेल, लायन्स क्लब अफ बेनीका अध्यक्ष सुमन श्रेष्ठ, क्लबका उपाध्यक्ष देवेन्द्र पौडेल, सचिव नेत्रराज सुवेदी, कोषाध्यक्ष लाल बहादुर थापा क्षेत्री, सदस्यहरु जिवन प्रसाद पौडेल, भागिरथ उपाध्द्याय, र भरत रकालको उपस्थितीमा हस्तान्त्रण गरीएको थियो ।

You can share this post!

बलियो देखिए गुरुङ, गण्डकी प्रदेश सरकार यथावत रहने

नेकपाका जनप्रतिनिधिहरुले कित्ता किलियर गर्नु पर्छः म्याग्दी कांग्रेस

Related posts