मुस्ताङमा जारी लकडाउन खुल्यो, मुक्तीनाथ मन्दिर पौष २१ गते देखि खुल्ला गरीने

विश्वव्यापी रुपमा फैलिएको नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण विगत ९ महिना देखि बन्द अवस्थामा रहेको मुस्ताङ जिल्लालाइ खुल्ला गरीएको छ । कोरोना भाइरसका कारण गत चैत्र देखि बन्द अवस्थामा रहेको मुस्ताङमा १३ गते देखि होटल सञ्चालनमा आएको र १६ गते देखि पर्यटकलाई भ्रमण गर्न खुल्ला गरीएको थियो । होटल तथा प्रर्यटकलाई खुल्ला गरेपनि बन्द अवस्थामा रहेको मुक्तिनाथ मन्दिर भने कहिलेबाट खुल्ला गरिने भन्ने विषय अन्यौल थियो । आज बसेको मुक्तिनाथ मन्दिर व्यवस्थापन समिती, जनप्रतिनिधि, पुर्व संसद, राजनैतिक दल लगाएतका सर्बदलिए बैठकले पौष २१ गते देखि मन्दिर खुल्ला गरीने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी हिरादेवि पौडेलले बताउनु भयो ।
मुस्ताङ सँगै छिमेकि जिल्ला म्याग्दीका होटल व्यवसायीको पहलमा १३ गते देखि होटल सञ्चालन र १६ गते देखि पर्यटकले भ्रमर्ण गर्न पाउने निर्णय गरीएको थियो । गत बर्षको चैत्र महिना देखि मुस्ताङमा आन्तरीक सँगै बाह्य प्रर्यटकलाई घाँसा भन्दा माथि जान रोक लगाईएको थियो । अन्य जिल्लामा लकडाउन खुल्ला भै सक्दा पनि मुस्ताङमा भएको मुखियाहरुले मुस्ताङमा प्रवेश गर्न रोक लगाउने निर्णय गरेका थिए । मुस्ताङमा बन्द अवस्थामा रहेका होटल तथा प्रर्यटन व्यवसायी र म्याग्दी जिल्लाको होटल व्यवसयी संघ र प्रर्यटन व्यवसायीहरुको दवाब पछि मुस्ताङ जिल्लामा प्रर्यटक आगमन सँगै मुक्तिनाथ मन्दिर खुल्ला गरिएको होटल व्यवसायी संघ म्याग्दीका अध्यक्ष तथा संघका केन्द्रीय सदस्य बाबुराम आचार्यले बताउनु भयो ।
यस भन्दा अगाडी कोरोना कहरका कारण मुस्ताङमा लिजमा होटल व्यवसाय संञ्चालन गर्ने व्यवसायी समस्यामा पर्दै आइरहेका थिए । गण्डकी प्रदेशका अधिकांश जिल्लाका धार्मिक तथा पर्यटकीय स्थल संञ्चालनमा आए पनि हिमाली जिल्ला मुस्ताङमा कोरोना त्रासका कारण होटल खोल्न सकेको थिएन । मुस्ताङकी प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले अब देखि मुस्ताङ आउजाउ गर्ने पर्यटक तथा सर्वसाधारण व्यक्तिलाई कुनै अवरोध नहुने जानकारी दिनुभयो । स्थानीय प्रशाासन, मुक्तिनाथ विकास समिति र होटल व्यवसायीको सहमतिमा मुक्तिनाथ दर्शनका लागि जनस्वाथ्य मापडण्ड पालना गरि मन्दिर खुल्ला गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

You can share this post!

नेकपाका जनप्रतिनिधिहरुले कित्ता किलियर गर्नु पर्छः म्याग्दी कांग्रेस

अन्नपुर्ण ५ शिखका वडा अध्यक्ष दिनेश कुमार तिलिजाको निधन

Related posts