म्याग्देली गायीका दिपा गुरुङको बेशीमा धान पाक्यो पहेलै सार्वजनिक (भिडियो सहित)

म्याग्दी । म्याग्देली लोक दोहोरी गायीका दिपा गुरुङले बेशीमा धान पाक्यो पहेलै बोलको लोक दोहोरी गीत वजारमा ल्याउनु भएको छ । लोकप्रीय कलाकारहरु नेत्र भण्डारी, राजु गुरुङ, दिपा गुरुङ र रेजिना परियारको स्वरमा रहेको गीतको म्युजिक भिडियो दिपा गुरुङको आफ्नै युटुव च्यानलबाट सांगीतिक बजारमा आएको हो ।

डम्मर चन्द बगर को शव्द र नेत्र भण्डारीको लय सृजनामा रहेको उक्त गीतको डोलराज बारघरे मगरले एरेन्ज गर्नुभएको हो । दिप कोके गुरुङको निर्देशनमा तयार गरिएको म्युजिक भिडियोमा राजु गुरुङ, सुमन परियार, कमला पुन र सलिना बुढाथोकीको अभिनय देख्न सकिन्छ ।

करण चैसिरले छायाँकन गर्नुभएको म्युजिक भिडियो काठमाडौँको मेघासिटी टोल स्थित गायीका दिपा गुरुङको आफ्नै सुटिङ स्पट र त्यस वरपरको ठाउँमा खिचिएको हो । रोधीको झल्को मेटिने गरि तयार गरिएको भिडियोमा आकर्षक नृत्य समेत समावेश गरिएको छ ।

माया प्रेमको विषयमा सृजना गरिएको गीतको भिडियोलाई मौलिक प्रदान गर्ने गरि तयार गरिएको गायीका गुरुङले बताउनुभयो । लोकगीतले मौलिकता बोल्नुपर्छ, अर्काको संस्कृति देखेर हाम्रो लोकलयलाई मार्नुहुँदैन गायीका गुरुङले भन्नुभयो, “वेशीका खेतहरुमा जताततै धान पाकेको छ त्यसैले यहि समयमा गीत प्रस्तुत गरेको हुँ” ।

म्याग्दीको धवलागिरि गाउँपालका –६ मराङमा जन्मनु भएकी गायीका गुरुङले के हाल बनायो, गुन्द्री चकटी, प्रदेशी जीवन, शिरमा शिरफुल लगायतका लोक तथा दोहोरी गीतहरु प्रस्तुत गरिसक्नुभएको छ । करिव १ दशकको समय नेपाली लोकगीतको क्षेत्रमा संघर्षशील गायीका गुरुङले गीत संगीतको क्षेत्रमा निरन्तर लागिरहने बताउनुभएको छ ।

You can share this post!

रघुगंगा गाउँपालिका–३ मा बाम लोकतान्त्रिक गठबन्धनको घरदैलो

एमाले उम्मेदवार श्रेष्ठ र कटुवालद्वारा भकिम्लीमा मतदाता भेटघाट

Related posts