तातोपानीमा प्रकृतिक चिकित्सालय खोलिने

हिमाली जिल्ला म्याग्दीको बेनी नगरा पालिका ५ तातोपानीमा प्रकृतिक चिकीत्सालय खोलिने भएको छ । तातोपानी कुण्ड व्यवस्थापन समिती र गण्डकी प्रदेश सरकारको समन्वयमा प्रकृतिक चिकित्सालय खोलिने तयारी गरीएको कुण्ड व्यवस्थापन समितीका सहसचिव कुमार केसीले बताउनु भयो ।
तातो पानिमा आएका विरामीहरुलाइ लक्षीत गरि तातोपानि कुण्ड व्यवस्थापन समितीले आयुरवेधीक औषाधालय सहित तिन जना डाक्टरहरुको व्यवस्थापन गरी फिजियोथेरापी, होमो थेरापी, नेचुरो थेरापी र योगा मार्फत चिकीत्सालय बाट विरामीको उपचार गर्ने गरी प्रकृतिक चिकित्सालय खोल्ने तयारी गरेको हो ।
गण्डकी प्रदेश सरकाले प्राकृतिक चिकित्सालय खोल्नका लागि ५० लाख रुपैयाँ बजेट विनियोजन गरीसकेको छ । प्रदेश सरकारको ५० लाख र अन्य कुण्ड व्यवस्थापन समितीको लागतमा दुइ देखि तिन महिना भित्रमा प्रकृतिक चिकित्सालय खोल्ने तयारी भई रहेको छ ।
प्रकृतिक रुपमा उत्पक्ती भएको तातो पानीमा डुब्दा शारीरीक समस्या समाधान हुने जनविश्वास रहेको छ । विशेषगरी हात खुट्टा, डाढ र घुडाको दुखाइ रहेका युरिकएसीड, बाथ, चिसोका कारण गानो गोला, ग्याष्ट्रीक भएका तथा पहिला कुनै दुर्घटनामा परी अंङ्गभंङ्ग भएको र हाल दुखी रहने समस्या भएकाहरुलाइ तातोपानीमा डुब्दा सन्चो हुने भएपछि उपचार गर्नका लागि स्वदेश तथा विदेशबाट समेत विरामीहरु आउने गरेका छन् ।

You can share this post!

गण्डकी प्रदेशको खेलकुदमन्त्रीमा दीपक मनाङे

‘हाननीय’ देखि ‘माननीय’ सम्म: मनाङे

Related posts