रानिपौवाका युवाले सञ्चालन गरे रानिपौवा बचाउँ अभियान

म्याग्दीमा कोरोना संक्रमण नियन्त्रण भन्दा बाहीर गए पछि म्याग्दीको रघुगंगा गाउँपालिका ३ रानिपौवाका युवाहरुले रानिपौवा बचाउँ अभियान सञ्चालन गरेका छन् । रानिपौवामा घर भै हाल दक्षिण कोरीयामा रोजगारीको शिलशिलामा गएका युवाहरुको आर्थिक सहयोगमा रानीपौवा बचाउँ अभियान सञ्चालन गरेको रानिपौवा बचाउँ अभियानका अभियान्ता सुमन पौडेलले बताउनु भयो ।
स्थानीय समाजसेवी प्रेमेबहादुर कार्की (दिपक बिखर्चीको) व्यवस्थापन र पौडेलको नेतृत्वमा कोरीयामा रहेका रानीपौवाका युवाहरु मीन कार्की , रमेश कार्की , अबिनाश कार्की , प्रकाश कार्की, नन्दबहादुर शाही (नवीन) र सलोन शाहीको आर्थिक सहयोगमा रानीपौवा बचाउँ अभियानको थालनी गरीएको हो ।

अभियान अन्तर्गत रानीपौवा निवासी १६ अति विपन्न घर परीवारलाइ एक बोरा चामल, २ केजी दाल, २ पोका तेल, एक पोका नुन लगाएत ३५ हजार बजाराबरको खाद्यान्न सामाग्री सहयोग गरीएको पौडेलले बताउनु भयो । त्यसैगरी रानीपौवामा रहेका करीब ८० घर परिवारलाइ कोरोना संक्रमणको बारेमा जनचेतना गराउनुका साथै आवश्यक स्वाथ्य सुरक्षा सामाग्रीहरु माक्स, सेनिटाइजर र साबुन २० हजार बराबरको वितरण गरीएको उहाँले बताउनु भयो ।


युवाहरुकै सक्रीयतामा रघुगंगा गाउँपालिकाले स्थापना गरेको कोभिड संक्रमण उपचार अस्पतालमा नव सन्तोष सेवा युवा क्लब, नेपाल रेडक्रस सोसाइटी पिप्ले उपशाखा , पिप्लेमा संचालित विभिन्न संघ सस्था तथा आमा समूहको समन्वयमा संचालित निशुल्क भोजनालयमा नगद रु १५ हजार रुपैयाँ सहयोग प्रदान गरीएको छ । उक्त सहयोग रकम अभियानका व्यवस्थापक कार्की र अभियान्ता पौडेलको हातबाट रघुगंगा गाउँपालिका ३ पिप्लेका वडा अध्यक्ष जिवनकुमार मल्ल लाइ हस्तान्तरण गरीएको थियो ।


रानीपौवामा कोरोना संक्रमणका कारण २ जना पुरुषले ज्यान गुमाई सकेको र ८ जना सक्रीय संक्रमीत रहेका कारण आफ्नो गाउँ आफै बचाउँ भनेर रानीपौवा बचाउँ अभियान अन्तर्गत सुमन पौडेलको नेतृत्वमा जीवन कार्की, दिनेश कार्की, बिनोद कार्की, सुजन खत्री र अमृत कार्की लाई स्वयमसेवक परिचालन गरी अभियान सञ्चालन गरीएको अभियानका व्यवस्थापक दिपक बिखर्चीले बताउनुभयो ।

You can share this post!

ज्योति युवा क्लवले सञ्चालन गर्याे हामी बचाउँछौं हाम्रो डडुवा गाउँ

राष्ट्रिय युवा संघ रघुगंगाले कोभिडका विरामी सहयोग अभियान सञ्चालन गर्ने

Related posts