म्याग्दीको मालिका गाउँपालिका–७ बिमका नेपाली काँग्रेसका वडा सभापति धनकुमार पाईजा सहित ८५ जना नेकपामा प्रवेश गरेका छन् । मालिका गाउँपालिकाको विभिन्न वडाबाट पाईजा सहित ८५ जना नेकपा प्रवेश गरेको नेकपा म्याग्दीले जनाएको छ । पछिल्लो समय काँग्रेसमा सिद्धान्त, विचार, देश विकासका पक्षमा बहस होला भन्दा भ्रमको राजनिती गर्न तर्फ लागेको भन्दै नेकपा नेकपा प्रवेश गरेको पाईजाले बताउनु भयो ।
सोमबार नेकपा मालिका गाउँपालिका स्तरीय पार्टी कमिटी बैठकको अवसरमा मालिकाको बिम, दरबाङ, निस्कोट, रुम, ओखरबोट, देविस्थानबाट काँग्रेस र अन्य पार्टीबाट पार्टी प्रवेश गरेकाहरुलाई नेकपाले स्वागत गरेको थियो ।
नवप्रवेशीहरुलाइ प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका केन्द्रिय सदस्य तथा म्याग्दी जिल्ला इन्चार्ज भुपेन्द्रबहादुर थापा, जिल्ला सचिब हरिकृष्ण श्रेष्ठ, गण्डकी प्रदेश कमिटीका कार्यालय सदस्य नवराज शर्मा, जिल्ला कार्यालय सदस्यहरु देवेन्द्रबहादुर केसी, सुविन जुग्जाली, बालकृष्ण सुवेदी, प्रदेश कमिटी सदस्य मुना बानियाँ लगायतका नेताहरुले स्वागत गर्नुभएको थियो ।