असोज महिनाभर विदेशमा अलपत्र परेका नेपालीलाई फर्काउने तयारी, आन्तरीक हवाई उडान र सावारी साधन ५ असोजबाट संचालन

सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा साँझ बसेको मन्त्रिपरिषदको बैठकले असोज महिनाभरीमा विदेशमा अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने तयारी गरि उडान थप्ने तयारी गर्ने निर्णय गरेको छ । उडान थपेर असोज महिनाभरमा विदेशमा समस्यामा परेका नेपालीलाई स्वदेश फर्काउने गरी सरकारले तयारी थाल्ने भएको छ । यो सँगै युरोपका देशमा पनि समस्यामा परेका नेपालीको उद्धारका लागि पहल सुरु गरिने प्रधानमन्त्रिको कार्यालयले जानाकारी दिएको छ ।
त्यसैगरी चैतदेखि बन्द रहेकाे आन्तरिक उडान र लामो दूरीका सार्वजनीक सवारी साधन ५ असोजबाट संचालन गर्न दिने निर्णय बैठकले गरेको छ ।

You can share this post!

डाक्टर केसीले जुम्लाबाट सुरू गरे १९ औं सत्याग्रह

मराङ्ग र विमाका बाढि पिडितलाई सरकारद्धारा ३५ लाख राहत वितरण

Related posts