म्याग्दीको बेनी नगरपालिका ३ दुधेखोलामा आएको बाढीले एक घर बगाएको छ । गए राति आएको बाढीको कारण स्थानीय दिपा पुनको ब्लकले बनेको ५ कोठे एक तले घर पुर्ण रुपमा क्षेती भएको छ भने सोही स्थानका नारायण पुनले पाल्दै आएको एक भैसीको समेत बाढीको कारण मूत्यु भएको छ ।
गए राति परेको पानिको कारण बेनी नगरपालिका ३ भकिम्लीको चिनाखेत, तोराखेत र लरेनिको सिमानामा पहिरो खसेर दुधेखोलामा बाढी आएको थियो । बाढीले सो क्षेत्रमा बसोबास गर्ने बाँकी २२ घर धुरी समेत जोखीममा परेका छन् । बाढी सहित आएको दुधेखोलाले बस्ती तर्फ कटान सुरु गरेको छ ।