नेपालमा २ लाख भन्दा बढीमा कोरोना संक्रमण

नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप २ हजार ५ सय ६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८१ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख नाघेको छ । मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या २ लाख ३ हजार ३ सय २९ पुगेको हो ।
त्यस्तै आज १ हजार ६ सय ६६ जना निको भएका छन् । अहिलेसम्म निको हुनेको संख्या १ लाख ६२ हजार २ सय ४३ पुगेको छ ।

You can share this post!

पौडी खेल्न जाँदा व्यपत्ता भएका टिकावाङका विक मृत अवस्थामा भेटीए

म्याग्दीका सन्तबहादुर पुन २० वर्षदेखि साउदी अरबको कुरैयात जेलमा

Related posts