गण्डकी प्रदेशको नीति तथा कार्यक्रम पारित

पोखरा । गण्डकी प्रदेशको आगामी वर्षको वार्षिक नीति तथा कार्यक्रम प्रदेश सभाबाट पारित भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले आइतबार प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रम ३ दिनको छलफलपछि बहुमतले पारित गरेको हो ।

प्रदेशले असार १ गते बजेट ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ । बिहीबार पारित भएको नीति तथा कार्यक्रमलाई आत्मसात् गरेर बजेट ल्याइन्छ ।

बजेट ल्याउनु १५ दिनअघि नै पूर्व बजेट छलफल प्रदेश सभामा गरिन्छ । यसअघि आर्थिक मामिला मन्त्री जीतप्रकाश आले मगरले जेठ १२ गते बजेटका सिद्धान्त र प्राथमिकता प्रदेश सभामा प्रस्तुत गरिएको थियो । बजेटको सिद्धान्त र प्राथमिकतामाथि जेठ १४ र १६ गते छलफलपछि पास भएको थियो ।

आगामी वर्षका लागि ल्याइने बजेटको आकार घटाउने तयारी प्रदेश सरकारले गरेको छ । चालु आर्थिक वर्षमा प्रदेश सरकारले ३५ अर्ब ९० करोड रुपैयाँको बजेट ल्याएको थियो । यसपालि भने त्यो भन्दा कम बजेट आउने संकेत देखिन्छ । संघीय सरकारले नै अनुदानहरू घटाएर पठाइसकेको हुँदा प्रदेश सरकारको आउँदो बजेट चालुभन्दा कम हुने भएको हो ।

You can share this post!

१० औँ स्थापना दिवसको अवसरमा बेनी नगरपालिकाको लोगो सार्वजनिक

प्रतिष्ठान केन्द्रको दोस्रो पूर्ण वैठक तथा प्रशिक्षण कास्कीको ताङतिङमा

Related posts