छात्र भलिबलमा के वि एकेडेमी प्रथम

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका ७ बिममा अवस्थित किसानी मावि, किसानी प्राविधिक शिक्षालयले आयोजना गरेको जिल्ला स्तरीय विविध खेलकुद प्रतियोगितामा अन्तर विद्यालय छात्र भलिवलमा दरवाङ स्थित के वि एकेडेमी प्रथमहुन सफल भएको छ ।

जिल्लाक विभिन्न १८ वटा माध्यमिक विद्यालयहरुले प्रतिष्पर्धा गरेको सो प्रतियोगिताको फाइनल खेलमा केवि एकेडेमी दरवाङले जनकल्याण माविपुलाचौरलाई पराजित गर्दै प्रथमहुन सफल भएको हो ।

त्यसैगरी शिक्षक भलिवल प्रतियोगितामा शिशुकल्याण मावि अर्मन प्रथमहुन सफल भएको छ । शिक्षक भलिबल प्रतियोगितामा बाबियाचौर स्थित डनिङ बोर्डिङ स्कुल उपविजेता बनेको छ । छात्र भलिवल प्रतियोगितामा १६ विद्यालयका शिक्षकहरुको प्रतिष्पर्धा भएको थियो ।

त्यस्तै खुल्ला ब्याडमिन्टन प्रतियोगितामा बेनी नगरपालिका ४ तातोपानी प्रथम र शिवाङ द्धितीय हुन सफलभएका छन् । छात्र भलिबल प्रतियोगितामा प्रथमहुने के वि एकेडेमीले नगद रु ६० हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने द्धितीय हुने जनकल्याण मावि पुलाचौरले नगद रु ३५ हजार सहित मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

त्यसैगरी शिक्षक भलिवलतर्फ प्रथमहुने शिशुकल्याण मावि अर्मनले नगद रु २५ हजार र उपविजेता बनेको डनिङ बोर्डिङ स्कुल बाबियाचौरले नगद रु १५ हजार पुरस्कार प्राप्त गरेको आयोजक किसानी प्राविधिक शिक्षालयका भलिबल खेल संयोजक प्रेम जुग्जालीले जानकारी दिनुभयो ।

त्यसैगरी खुल्ला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथमहुन सफल बेनी नगरपालिका ४ तातोपानीले एउटा खसी सहित नगद रु ५ हजार र द्धितीय भएको शिवाङले एउटा खसी पुरस्कार स्वरुप प्राप्त गरेका छन् ।

You can share this post!

बेनी नगरको आगामी योजना तथा कार्यक्रमका लागि सुझाव संकलन

गुर्जाको छन्त्याल संस्कृति समेटिएको वृत्तचित्र सार्वजनिक (भिडियो सहित)

Related posts