कोरोना भाइरसको संक्रमणबाट नेपाली सेनाका एक सैनिकको मृत्यु भएको छ । लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित पिडित रामेछाप घर भई काठमाडौंमा कार्यरत ३४ वर्षीय सैनिक जवानको मृत्यु भएको हो ।
पछिल्लो पटक गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । उनको शव व्यवस्थापन समेत भइसकेको नेपालि सेनाले जानाकारी दिएको छ । हालसम्म नेपाली सेनाका २ हजार ५६ जना सैनिक कोरोना संक्रमित भएका छन् । तीमध्ये ४ सय १ जना निको भएका छन् । भने पहिलो पटक एक जनाको मृत्यु भएको हो ।