भूकम्पबाट घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गर्ने

काठमाडौं । सरकारले जाजरकोट भूकम्पमा परी घाइते भएकाहरुको सम्पूर्ण उपचार निस्शुल्क गर्ने भएको छ ।

आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठक स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेतले जतिठूलो उपचार भएपनि निस्शुल्क हुने बताए ।

उनले भने( सबै अस्पतालमा निःशुल्क उपचारका लागि सबै अस्पताललाई भनेका छौँ । उपचार निःशुल्क हुन्छ जति ठूलो उपचार भए पनि ।

यस्तै बैठकमा भूकम्प प्रभावित क्षेत्रमा राहत, उद्धार र पुन निर्माणका विषयमा छलफल भएको छ ।

मन्त्री मोहन बस्नेतले २०७२ सालको भूकम्पपछि भएका नीतिगत र व्यवहारिक कमीजोरीहरुलाई सच्याउँदै राहत र पुननिर्माणको काम अगाडि बढाइने बताए ।

उनले विगतमा भन्दा अहिले राहत रकम पनि बढाएर दिने विषयमा छलफल भएको बताएका छन् । तर आजको बैठकले कति रकम दिने भन्ने विषयमा भने निर्णय गर्न सकेन ।

उनले भने,(पहिलाको भन्दा बढी भन्ने विषयमा छलफल भइरहेको छ । ०७२ सालमा गरेको गल्तीलाई सुधार गरेर इम्प्रुभ गर्ने भन्ने छ ।

यस्तै बैठकमा खाद्यान्न र बसोबासका लागि तत्काललाई व्यवस्थापन गर्ने आवश्यक सामग्रीहरू तीन भित्र घटनास्थलमा पुर्‍याएर कुनै पनि कुराको कमी हुने नदिने गरी सरकारले काम गर्ने उनले बताए ।

त्यसै गरी छिमेकी देशहरूले दिने सहयोगका विषयमा सरकारले मापदण्ड बनाएर लागू गरेपछि मात्रै लिने भन्ने विषयमा पनि छलफल भएको उनले बताए ।Nepalpress

You can share this post!

भूकम्पमा परि जाजरकोट र रुकुम पश्चिममा १२९ जनाको मृत्यु

२१ औँ संस्करणको जेसिज कप मंसिर १९ देखि संचालन हुने

Related posts