पीएम कप टी २० फाइनल  एपीएफले पुलिसलाई दियो १५८ रनको लक्ष्य

५ माघ, काठमाडौं । प्रधानमन्त्री कप टी(२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि एपीएफले पुलिस क्लबलाई जितका लागि १५८ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको एपीएफले १९।५ ओभरमा अलआउट हुँदै १५७ रन बनाएको हो ।

सुरुमा केही धर्मराएको एपीएफका लागि खेलको उत्तरार्धतिर ब्याटिङमा आएका खेलाडीहरूले सम्हालेका थिए । ९औं नम्बरमा आएका अमर रौतेलाले १५ बल खेल्दै तीन छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक २९ रनको महत्वपूर्ण योगदान गरे ।

यस्तै लोकेश बमले २७, दीपक बोहोराले २४, सरद भेषवाकरले १९, भुवन कार्कीले १७ रनको योगदान गरे । ओपनिङमा आएका आशिफ सेख ९ र प्रदीप ऐरी भने ७ रनमै आउट भए भने किशोर महतोले ८, दीपक बोहोराले ६ र अविनास बोहोराले एक रनमात्रै जोडे । पूर्ण बिक भने पहिलो बलमै रन नजोडी आउट भए ।

पुलिसका सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले तीनरतीन विकेट लिए भने गुल्शन झाले दुई र आरिफ शेख र योगेन्द्र सिंह कार्कीले एकरएक विकेट लिए ।

अनलाइनखबर

You can share this post!

बेनी अस्पतालमा आइसीयूसहितको बालबालिका उपचार कक्ष

दर्शकबिनै आहा रारा गोल्डकप

Related posts