मुस्ताङबाट व्यापारीले झार्न थाले भेडाच्याङ्ग्रा

बेनी, असोज १९ गते ।  विगतका वर्षहरुमा प्रत्येक वर्ष भण्डै २० हजारको हाराहारीमा च्याङ्ग्रा छिमेकी मुलुक चीन हुँदै मुस्ताङको कोरला नाकाबाट नेपाल प्रवेश गर्ने गर्दथे । पछिल्लो दुई वर्ष कोभिड–१९ को जोखिमलाई ध्यानमा राखेर चीन सँगको सिमानाका कोरलाबाट भेडाच्याङ्ग्रा नभित्रिएकोले गर्दा यस वर्ष पनि उपभोक्ताले पाउन मुश्कील हुने देखिन्छ ।

मुस्ताङको लोमान्थाङ गाउँपालिका–५ लोमन्थाङका युवा छेवाङ रिन्जिङ गुरुङका अनुसार कोभिड–१९ सुरु हुनुभन्दा पहिला चीनबाट कोरला नाका हुँदै १० देखि १५ हजारभन्दासम्म च्याङ्ग्रा भित्रिने गरेको भए पनि पछिल्लो दुई वर्ष भने च्याङ्ग्रा आएका छैनन् ।
यस वर्ष उपल्लो मुस्ताङ हुँदै १० हजार हाराहारी मात्रै भेडा च्याङ्ग्रा उपल्लो मुस्ताङ क्षेत्रबाट बाहिर तिर लागेको छ गुरुङले भन्नुभयो । उपल्लो मुस्ताङको लो–घेकर दामोदर कुण्ड र लोमन्थाङ गाउँ पालिका एवम् डोल्पा हुँदै आएका करिब १० हजार भेडा च्याङ्ग्रा उपल्लो मुस्ताङ क्षेत्रबाट बाहिरीएको युवा गुरुङले बताउनुभयो ।

कोभिड–१९ को कारण देखाउँदै चीनले सिमा नाका पुरै सिल गर्दा च्याङ्ग्रा मात्र होइन प्रत्येक वर्ष भदौमा हुने दुइ देशीय ब्यापार मेला पनि पछिल्ला दुई वर्ष भएको छैन । विगतका वर्षहरुमा भदौमा लोमन्थाङमा ब्यापार मेला हुने गर्दथ्यो भने पछिल्ला दुई वर्ष कोभिड–१९ को कारण देखाउँदै चीनले पूर्ण रुपमा सीमा बन्द गरेकाले मेला हुन पाएन ।

स्याउ जोन मुस्ताङका डाक्टर सुधिर थापाले आफूले भेटेरीनरी परीक्षण गरेर चार हजार ३ सय निरोगी भेडा च्याङ्ग्रालाइ जोमसोम हुँदै म्याग्दी तर्फ जानका लागि अनुमति दिएको बताउनुभयो । उहाँले भन्नुभयो अहिले सम्म अन्य साथीहरुले पनि पठाउनुभएको छ म मार्फत ४३ सय बाहिरीएको भए पनि विगतमा गएको तथ्याङ्क भन्दा यो वर्ष कम हो ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका इन्सपेक्टर आशिष अधिकारीका अनुसार सोमबार बिहानसम्म जोमसोमबाट पाँच हजार हाराहारी भेडा च्याङ्ग्रा म्याग्दीतर्फ लागेका छन् । विभिन्न जिल्लाका ब्यापारीहरुले मुस्ताङमा क्वारेन्टाइन पास गराएर मार्फा हुँदै म्याग्दी तर्फ सडक मार्ग हुँदै भेडा च्याङ्ग्रा लगेको इन्सपेक्टर अधिकारीको भनाई छ । विगतका वर्षहरुमा मुस्ताङको आफ्नो उत्पादन ४० प्रतिशत र चीनबाट ६० प्रतिशत बिक्री गर्ने गरिने भए पनि पछिल्ला दुई वर्ष भने मुस्ताङ र डोल्पा क्षेत्रबाट ल्याएर विक्री गर्ने गरिएको स्थानियको भनाई छ ।

गोरखापत्रबाट

You can share this post!

न्यादी हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

मोना कतारद्वारा आयोजित बक्तृत्वकला प्रतियोगीताको फाइनल असोज २३ मा हुने

Related posts