म्याग्दी । म्याग्दी जिल्ला भलिबल संघका अध्यक्ष तेजेन्द्र बानियाँको अध्यक्षतामा साउन २२ गते बसेको जिल्ला कार्य समितिको चौँथो बैठकले सातवटा महत्वपूर्ण निर्णय सार्वजनिक गरेको छ ।
प्रदेश खेलकुद परिषदको खेल कार्यातालिका अनुसार नवौँ राष्ट्रिय भलिबल प्रतियोगीतामा सहभागी हुने म्याग्दी जिल्लाका सम्पूर्ण भलिबल खेलाडीहरुलाई आगामी भदौ ३ गते सम्म खेलाडी दर्ता फारम भर्न र व्यक्तिगत तयारी गर्नका लागि जिल्ला भलिबल संघले आव्हान गरेको छ ।
त्यस्तै भलिबल संघमा आवद्ध म्याग्दी जिल्लाका सम्पूर्ण आधिकारिक रेफ्रीलाई भदौ ३ गते भित्र बेनीको शिक्षामार्ग स्थित संघको कार्यालयमा सम्पर्क गरि लाइसेन्स नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । नविकरण दर्ता शुल्क नवुझाउने रेफ्रीहरुलाई संघले कुनै पनि मान्यता नदिने निर्णय गरिएको संघका महासचिव कुमार किसानले जानकारी दिनुभएको छ ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगीता तयारीका लागि पाँच सदस्यीय जिल्ला छनौट समिति पनि गठन भएको छ । समितिको संयोजकमा संघका उपाध्यक्ष खड्क केसी र सदस्यहरुमा संघका उपाध्यक्ष राजकुमार भण्डारी, महासचिव कुमार किसान, सदस्य मनोज खड्का र गंगा तिलिजा रहेका छन ।
जिल्ला छनौट प्रतियोगीतालाई व्यवस्थित तरिकाले सम्पन्न गर्नका लागि उपसमिति समेत गठन गरिएको छ । उपसमितिका संयोजकमा अशोक शाही, र सदस्यहरुमा राम बहादुर गुरुङ अरुण तिलिजा, समुन केसी, सनमान जुग्जाली र चित्र घर्ती रहेका संघले जनाएको छ ।
जिल्लामा विभिन्न संघ÷संस्था तथा क्लवहरुले भलिबल प्रतियोगीता संचालन गर्न अनिवार्य रुपमा संघको कार्यालयमा सम्पर्क तथा समन्वय गर्न आव्हान गरेको छ । साथै रेफ्री, अफिसियल शिर्षकमा बजेट व्यवस्थापन गरि प्रतियोगीतालाई थप व्यवस्थित र नीति नियममा रहेर संचालन गर्न सुझाव स्वरुप पत्रचार गर्ने निर्णय गरिएको संघका महासचिव किसानले बताउनुभयो ।
सदरमुकाम बेनीमा भलिबल संघको आफ्नै कोर्ट नभएको, विगत देखि हाल सम्म खेलमैदानको अभावमा तालिम वा खेल संचालन गर्न निजी विद्यालयहरुको खेलमैदान प्रयोग गर्नु पर्ने अवस्था रहेको छ ।
खुल्ला मञ्च बाहेक अरु विकल्प नरहेको परिस्थितिमा तत्कालका लागि अस्थायी रुपमा भएपनि कुनै व्यक्तिको जग्गा भाडामा लिएर खेल अभ्यास तथा प्रतियोगीता संचालन गर्ने योजना अघि सारेको संघले यस कार्यमा आवश्यक सहयोगका लागि सवै पक्षहरु संग समन्वय गर्ने निर्णय गरेको छ ।
गाउँगाउँमा माटोको भलिबल कोर्टलाई प्लास्टर तथा ढलान गरि पक्की बनाउने कार्य भईरहकाले यसबाट भलिबल खेल क्षेत्रलाई भविस्यमा ठुलो असर पु¥याउने खतरा देखिएकाले यसको विकल्पमा छुट्टै खेलमैदान बनाउनका लागि सवै क्लवहरुलाई सचेत गराउने गरि जिल्लाभर अभियान संचालन गरिने संघले जनाएको छ ।
नवौँ राष्ट्रिय खेलकुद अन्तर्गत राष्ट्रिय महिला भलिबल प्रतियोगीतालाई म्याग्दीमा संचालन गर्नका लागि पहल गरिरहेको संघले खेल तालिका जिल्लामा परेको खण्डमा उत्कृष्ट व्यवस्थापनका साथ सम्पन्न गर्ने बताएको छ ।
जिल्लामा २०६१ सालमा स्थापना गरिएको भलिबल संघले करिव २० बर्षपछि हालै बेनीको पिपलचोक देखि शिक्षामार्ग जाने भित्री गल्लीमा कार्यालय स्थापना गरेको छ । आगामी भदौ ३ गते विधिवत रुपमा कार्यालयको शुभारम्भ गर्ने गरि तयारी गरिएको संघका अध्यक्ष बानियाँले बताउनुभयो ।
म्याग्दी जिल्ला भलिबल खेल क्षेत्रबाट प्रदेश हुँदै राष्ट्रिय स्तरमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ । राष्ट्रिय, अन्तराष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्री समेत म्याग्दीबाट उत्पादन भईसकेका छन ।
जिल्लामा पूरुष भलिबलको तुलनामा महिला भलिबलको सम्भावना बढि देखिएको छ । सातौँ र आठौँ राष्ट्रिय प्रदेश छनौटमा म्याग्दी महिला भलिबल टिम लगातार प्रथम र प्रथम मुख्य मन्त्री कप २०७८ मा विजेता भएको तत्कालिन मुख्य प्रशिक्षक समेत रहनुभएका संघका अध्यक्ष बानियाँको भनाई छ ।
महिला भलिबल राष्ट्रिय टिमको कप्तान अरुणा शाही, कमला पुन राष्ट्रिय खेलाडी मिलन मल्ल, राजु शेरचन, झमानसिंह परियार, सुजन चोखाल, पवित्रा विसी जस्ता राष्ट्रका गहनालाई म्याग्दीको नाम संग जोड्न पाउँदा समग्र जिल्ला बासीको गौरवको बिषय बनेको जिल्ला भलिबल संघका अध्यक्ष बानियाँले बताउनुभयो ।