बेनीमा कांग्रेसका शुभेच्छुक संस्थाहरुको भेला

म्याग्दी । नेपाली कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको प्रथम भेला तथा बैठक सम्पन्न भएको छ । शनिबार बेनीमा कांग्रेस निकट शुभेच्छुक संस्थाहरुको समन्वय विभाग संयोजक दुर्गाराम सुवेदीको अध्यक्षता तथा कांग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा ‘खम्बिर’को प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

भेलालाई सम्बोधन गर्दै सभापति गर्बुजाले कांग्रेसको संगठन निर्माणमा शुभेच्छुक संस्थाहरुको भुमिका महत्वपुर्ण भएको बताउँदै आगामी दिनमा थप सक्रिय भएर लाग्न आग्रह गर्नुभयो । उहाँले मंसिरमा हुने प्रदेशसभा र संघिय निर्वाचन केन्द्रित भएर लाग्न समेत निर्देशन दिनुभयो ।

कांग्रेसको निति, सिद्धान्त र सरकारले गरेका राम्रा कामहरुको प्रचारप्रसार गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । कार्यक्रममा उपसभापति द्वय हरिकुमार श्रेष्ठ र केबी भण्डारीले पार्टीलाई थप बलियो बनाउन र आगामी निर्वाचनमा विजयी बनाउन सवै शुभेच्छुक संस्थाहरुको भुमिका महत्वपुर्ण हुने बताउनुभयो । काँग्रेसका ९ वटा शुभेच्छुक संगठनहरु जिल्लामा सक्रिय रहेका छन् ।

भेलामा नेपाल ट्रेड युनियन कांग्रेस ,नेपाल शिक्षक संघ, नेपाल लोकतान्त्रीक खेलकुद संघ, नेपाल कर्मचारी युनियन, नेपाल प्रेस युनियन, नेपाल नेपाल लोकतान्त्रीक सांस्कृतिक संघ, नेपाल प्रजातान्त्रीक विकास समाज, नेपाल लेखक सघ र नेपाल निजामति कर्मचारी युनियनका प्रतिनिधिहरुले बोलेका थिए ।

कार्यक्रमको संचालन नेपाल ट्रेड युनियन कांग्रेस म्याग्दीका सभापति कोमलप्रसाद उपाध्यायले गर्नुभएको थियो । कार्यक्रममा कांग्रेस म्याग्दीका सचिवद्धय हिराबहादुर पुन, भरत रकाल लगायतको उपस्थिती रहेको थियो ।

You can share this post!

नवौ राष्ट्रिय खेलकुदका लागि जिल्ला छनौट तयारीमा म्याग्दी

काफलडाँडाकी कुसुम पाईजा परिवारदेखि सम्पर्क विहिन

Related posts