म्याग्दी । बैनी झ्यालैमा, घर कता हो बैनीको, आरने जस्ता चर्चित गीतका गायक एबँ सर्जक प्रकाश दुतराजको नयाँ गीत ‘जाम भो माईली’ सार्वजनिक भएको छ ।
गायक दुतराज र शान्तिश्री परियारको आवाजमा सजिएको लोक दोहोरी गीत प्रकाश दुतराजको आफ्नै युटुव च्यानलबाट सार्बजनिक भएको हो । गीतमा प्रकाशकै लय तथा शब्द रहेको छ । कृष्ण बिक (भान्जा) को एरेन्ज रहको गीतको अडियो प्रिज्मा रेकर्डिङ्ग स्टुडियो काठमाडौँमा तयार पारिएको हो । मौसम हिमालीको निर्देशन रहेको भिडियोमा गायक प्रकाश दुतराज, रोशनी कार्की र निक्स शर्माको मुख्य अभिनय रहको छ ।
गीत सार्बजनिक भएको छोटो समयमै अत्यन्तै रुचाईएको छ । टिकटकमा पनि धेरैले भिडियो बनाइरहेका छन । मौलिक बिषय बस्तुमा सृजना गरिएको गीतमा भिडियो पनि मौलिकपनमै तयार गरिएको छ ।
https://youtu.be/lVjngnrL9aE
ग्रामिण जिबनशैलि झल्किने गरि बन, पाखा, खोला, नाला, मेलापातका सुन्दर दृश्यहरुसंगै भिडियो छायाँकन गरिएकाले पनि गीतले सबैको मन जित्न सक्ने देखिन्छ । गायक दुतराजले समाजको अलि पुरानो संस्कृतिलाई गीतमा उठाइएको बताउनु भयो । नयाँ मान्छे गाउँमा आएर युबतीहरुलाई ललाईफकाई गरि फसाएको र त्यसले पछि जिबनमा ठुलो असर पारेको केही घटनाहरुहरु संग आफु परिचित भएकाले त्यही अबस्थालाई मध्यनजर गर्दै गीत सृजना गरिएको गायक दुतराजको भनाई छ ।
लाहुरेहरु गाउँ आउँदा युवतीहरुलाई सजिलै प्रभाव पार्न सक्ने हुँदा अरु संग जोडिएको प्रेम सम्बन्धमा पनि फाटो आउन सक्ने अबस्थालाई गीतमा ब्यक्त गरिएको छ । गीतको भिडियोमा लाहुरेले गाउँकी सोझी युवतीलाई भगाएर लैजादै गर्दा गाउँलेहरुले ती युवतीलाई फर्काएर नयाँ मान्छेलाई गाउँबाट लखेटेको बिषय देखाइएको छ । यसरी हेर्दा गीतले महिला बेचबिखनको बिषयमा पनि सन्देश दिन खोजेको देखिन्छ ।
म्याग्दीको मंगला गाउँपालिका ५ अर्मनमा जन्मिएका प्रकाशले यस अघि पनि उत्कृष्ट सृजनाहरु मार्फत आम श्रोता दर्शकको मन जितीसक्नु भएको छ । हाल काठमाडौँ रहि गीत संगीतमै तल्लिन गायक दुतराजको कर्णप्रिय आवाजलाई अत्यधिक रुचाईएको छ ।