अन्नपूर्ण –६ घारको अध्यक्षमा राम बहादुर खड्का विजयी

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका वडा नम्वर ६ घारको अध्यक्षमा नेपाली काँग्रेसका राम बहादुर खड्का विजयी हुनुभएको छ । उहाँले ७०६ मत प्राप्त लिएर विजयी हुनुभएको हो । उहाँका प्रतिस्पर्धी नेकपा एमालेका भक्त बहादुर खड्काले ले ६५८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै महिला सदस्यमा काँग्रेसका पुष्पा बानियाँ बरुवाल, दलित महिला सदस्यमा एमालेका जमुना परियार, वडा सदस्य एमालेका चिन बहादुर गर्वुजा र क्षेत्र बहादुर वरुवाल विजयी भएका छन ।

त्यसैगरि पालिका अध्यक्षमा एमालेका भरत पुनलाई ७३१ र काँग्रेसका बल बहादुर तिलिजालाई ६२१ मत प्राप्त भएको छ । उपाध्यक्षमा एमालेका दिवा पुनलाई ७५६ र काँग्रेसका ललिता तिलिजा पुनलाई ६०७ मत प्राप्त भएको छ ।

You can share this post!

मजदुरका छोराछोरीलाई शैक्षिक सामग्री सहयोग

अन्नपूर्ण –७ हिस्तानको वडा अध्यक्षमा मईलन पुन विजयी

Related posts