रिजालको उपचारमा दक्षिण कोरीया रहेका म्याग्देली मार्फत ८४ हजार ७ सय ४३ रुपैयाँ सहयोग

गत कात्तिक ५ गते मौवाफाँटमा रुख बाट लडेपछि पोखरामा उपचार गराई रहेका रघुगंगा गाउँपालिका ३ पिप्लेका अप्तार रिजालको उपचारका लागि रोजगारीको शिलशिलामा दक्षिण कोरीया गएका म्याग्देली बाट सहयोग प्रदान भएको छ । सुमन पौडेलको नेतृत्वमा पौडेल सहित नविन शाही, लेखनाथ शर्मा, कुमार भण्डारी, गंगाराज बानियाँ, अबिनाश कार्की, रबिन्द्र भण्डारी, रमेश कार्की, रामकुमार घर्ति, मिन कार्की, सप्पन भण्डारी, सुनेश केसी, समिम रिजाल, भगवान चोखाल, रोशन दाहल, गोबिन्द बानियाँ, दुर्गा भण्डारी, प्रकाश कार्की, भबिन्द्र शाही, गोमा पुर्जा, आदर्श भण्डारी, ज्ञान कटुवाल, राजेश कटुवाल, रिम भण्डारी, रबिन खत्री, सिमा पुन, कृष्ण थापा, गणेश रिजाल, विकास के.सी, हिमाल रिजाल, भगवान कार्की, भावना मगर र यु बहादुर मल्लले गरी नेपाली रु ८४ हजार ७ सय ४३ रुपैयाँ सहयोग प्रदान गरेका हुन् ।
उक्त संकलन गरी पठाएको रकम रानिपौवा निवासी प्रेमबहादुर कार्की दिपक बिखर्ची मार्फत रिजालका बुबा रुद्र रिजाललाई हस्तान्तरण गरीएको छ । हस्तान्तरण गरीएको रकम लिदै रिजालले अहिले मेरो छोरा माथि परेको बज्रपातमा मलम लगाउने सबै प्रति कृतज्ञ रहेको र भोलिका दिनहरुमा अरु माथि पनि यस्तो घटना घट्न सक्ने र त्यस बेलामा आफुले पनि यसरी नै सक्दो सहयोग प्रदान गर्ने बताउनु भयो । घाइते रिजालले हाल पोखरामा स्थित फेवासिटी अस्पतालमा उपचार गराई रहेका छन् । उपचारका लागि धेरै रकम लाग्ने भएको छ । रिजालको पारिवारीक समस्या बुझि सहयोग संकलन अभियान सञ्चालन गरेका हौं सहयोग संकलन कर्ता पौडेलले बताउनु भयो ।
म्याग्दी बाट रोजगारी लगाएत अन्य विभिन्न शिलशिलामा कोरियामा गएका म्याग्देलीहरुको साझा संस्थाको रुपमा रहेको मोनाले जिल्लामा हुने विपत, दुखत घटना, शिक्षा क्षेत्र लगाएतमा सहयोग प्रदान गर्दै आएको छ ।

You can share this post!

अनेरास्ववियू म्याग्दीले एकता प्रक्रिया अन्तर्गत बाँकी रहेको जिम्मेवारी लगायो टुङ्गो

 जोमसोममा कार्यरत बैंकका कर्मचारीलाई डेंगुसहित कोरोना संक्रमण पुष्टि

Related posts