१९ औँ जेसिज कप सुरु, आज ५ खेल सम्पन्न

म्याग्दी । म्याग्दी जेसिजको आयोजनामा १९ औँ संस्करणको नमस्ते टे«ड होटल याक अन्तरमावि जेसिजकप फुटवल प्रतियोगीतामा बुधबार देखि पहिलो चरणको खेल सुरु भएको छ । बेनीको खुल्ला मञ्चमा आयोजित प्रतियोगीतामा आज ५ खेल सम्पन्न भएका छन ।

न्यु वोइस्ट पोइन्ट आवासीय मावि र लिटल गार्डेन एकेडेमी विच भएको पहिलो खेलमा १ का दिरुद्ध ५ गोल गर्दै वोइस्ट पोइन्ट बिजयी भएको छ । त्यस्तै दोस्रो खेलमा माउन्ट एभरेष्ट आवासीय माविलाई २ का विरुद्ध ३ गोल गर्दै बुद्ध एकेडेमी बगरफाँट बिजयी भएको छ ।

तेस्रो खेल शारदा मावि छिस्वाङ र डर्निङ बोर्डिङ स्कुल बिच भएको थियो । जसमा ० का विरुद्ध १ गोल गर्दै डर्निङ बिजय भएको वरिष्ठ कार्यकारीणी उपाध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।

चौथो खेलमा किसानी मावि धारापानी बिजयी भएको छ । धारापानीले किसानी मावि विमलाई १ का विरुद्ध २ गोल गरि पराजित गरको हो । पाँचौ खेलमा केवि एकेडिमी र जामरनाखर्क मावि बिच भएको थियो । खेलमा केवि एकेडेमीले २ गोल गरि बिजयी भएको छ भने जामुनाखर्क माविले कुनै पनि गोल गर्न सकेन ।

पहिलो चरणका बाँकी खेलहरु बिहिबार बिहान ८ बजे देखि संचालन हुने म्याग्दी जेसिजले जनाएको छ । २५ गते सम्म संचालन हुने प्रतियोगीतामा जिल्लाका विभिन्न २१ बिद्यालयले सहभागीता जनाएको म्याग्दी जेसिजका अध्यक्ष बिरेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

You can share this post!

बेनी बजारमा नै छैन सार्वजनिक शौचालय

पत्रकार गौतम सहित दुई जना साहित्यकार र दश जना बिद्यार्थी पुरस्कृत

Related posts