माधव नेपाल समूह एमालेमै फर्किने

एमाले र माओवादी अलग(अलग रूपमा अघि बढ्ने भएका छन् ।
पेरिसडाँडामा सोमबार बसेको नेकपाको प्रचण्ड(नेपाल समूहको स्थायी कमिटी बैठकमार्फत उनीहरूले अलग्गिने निर्णय गरेका हुन् ।
बैठकको निर्णयबारे जानकारी दिँदै वरिष्ठ नेता झलनाथ खनालले भने, ‘एमाले र माओवादी अब अलग(अलग रुपमा अघि बढ्ने भएका छौँ ।
आइतबार सर्वोच्च अदालतले ऋषिराम कट्टेलको नेकपालाई आधिकारिक मान्दै एमाले र माओवादी केन्द्र ब्यूँतिएको फैसला सुनाएको थियो । उक्त फैसालपछि बसेको प्रचण्ड(माधव समूहको बैठकले यस्तो निर्णय गरेको हो ।
त्यस्तै, बैठकमा बोल्ने नेताहरूले एकता जोगाउने सम्भावनाबारे ओली र प्रचण्डले मिलेर छलफल गर्नुपर्ने सुझाएका छन् ।

You can share this post!

प्रधानमन्त्री ओलीले पुर्व-माओवादीले समर्थन फिर्ता लिए संसद्‌मा विश्‍वासको मत लिने

खेर गएको पानीको सदुपयोग गरी सामुदायिक स्वाथ्य केन्द्र सञ्चालन

Related posts