म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका वडा नम्वर ६ मा नेकपा एमालेको प्यानल विजयी भएको छ । वडा अध्यक्षमा राजाराम उपाध्याय ४११ मतका साथ विजयी हुनुभएको हो ।
उहाँका प्रतिस्पर्धी गठवन्धनबाट नेकपा माओवादीका उम्मेदवार चक्र पुनले ३८० मत प्राप्त गर्नुभएको छ । सुवेदी दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित हुनुभएको हो ।
त्यस्तै महिला सदस्य गोरी जुग्जाली ४१७, दलित महिला सदस्य मनकुमारी लामगारे ४३०, खुल्ला सदस्य श्रीप्रसाद गर्वुजा ४५० र गगन जुग्जाली ३८९ मतका साथ विजयी हुनुभएको सहायक निर्वाचन अधिकृत पूर्ण बहादुर खत्रीले जानकारी दिनुभयो ।
वडा नम्वर ६ को मतगणना सकिदा सम्म गाउँपालिका अध्यक्षमा एमालेका थमसरा पुनले २१३३ र गठवन्धनबाट नेपाली काँग्रेसका प्रेम पुनले २१६६ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरि उपाध्यक्षमा एकालेका प्रगति कार्कीले १८४५ र गठवन्धनबाट नेकपा माओवादीका रेशम पुनले २२३४ मत प्राप्त गर्नुभएको अधिकृत खत्रीले बताउनुभयो । धवलागिरीमा अव वडा नम्वर ७ ताकमको मतगणना बाँकी रहेको छ ।