युवालाई लक्षित गरी अन्नपूर्णमा पर्यटन गाईड ट्रेकिङ तालिम सुरु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले पालिका भित्रका युवाहरुलाई लक्षित गरी पर्यटन ट्रेकिङ गाईड तालिम सुरु गरेको छ । पालिकाको वडा नं. ४ नारच्याङमा रहेको सिर्जनशिल आमा समुहको सभाहलमा संस्कृति पर्यटन तथा नागरीक उड्डयन मन्त्रालय अन्तरर्गतको नेपाल माउन्टेन एकेडेमीका प्रशिक्षकहरुले १५ दिन सम्म तालिममा सहजिकरण गर्ने गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।

१३९ घण्टाको तालिममा सहभागी भएपछि सहभागीले टे«किङ गाईडको प्रमाण पत्र प्राप्त गर्ने सुवेदीले बताउनुभयो । पर्यटन मन्त्रालय र टे«किङ एजेन्सीहरु संग समन्वय गरेर सहभागी भएका युवालाई रोजगारीका लागि पहल गरिने उहाँको भनाई थियो ।

पालिका भित्रका ८ वटा वडाका २५ जना युवाहरु सहभागी रहेको तालिममा गाउँपालिका अध्यक्ष भारतकुमार पुनले अन्नपूर्ण गाउँपालिकामा पर्यटनको अनेकन् सम्भावना भएकाले पालिकाका युवालाई आत्मनिर्भर बनाउन तालिमको आयोजना गरेको बताउनुभयो ।

उहाँले तालिमले यहाँको पर्यटन व्यवसायी र बेरोजगार युवाहरुले रोजगार पाउने विश्वास समेत व्यक्त गर्नुभयो । पछिल्लो समय अन्नपूर्ण आधार शिविर जाने पर्यटकको संख्या बढ्दै गएको र त्यस क्षेत्रलाई पर्यटनको गन्तव्यको रुपमा विकास गर्न दक्ष जनशक्तिको आवश्यकता महशुस गरी तालिम संचालन गरेको बताउँदै पालिकामा गाईडको आवश्यक रहेको अध्यक्ष पुनको भनाई थियो ।

तालिममा पर्यटन सुरक्षा र जोखिम, समूह व्यवस्थापन, प्राकृतिक, ऐतिहासिक सम्पदाको व्याख्या शैली, दिगो पर्यटन व्यवस्थापन, आकस्मिक प्राथमिक उपचार विषयमा माउटेन एकेडेमीका अनुप अधिकारी र निरेन्द्र महर्जनले प्रशिक्षण दिनुहुनेछ । उक्त तालिमको उद्घाटन कार्यक्रम पालिकाका उद्यम विकास शाखाकी बिष्णु गौतमले गर्नुभएको थियो ।

You can share this post!

टोड्केबाट फर्किदै गरेको बोलेरो दुर्घटना हुँदा चालकको मृत्यु

मंगलाका ३२ द्वन्द्वपीडितलाई सम्मान

Related posts