गठबन्धन यथावत रहन्छः गृहमन्त्री खाँड

म्याग्दी । नेपाल सरकारका गृहमन्त्री बालकृष्ण खाँडले गठबन्धन चुनाव सम्मका लागि यथावत नै रहने बताउनुभएको छ ।
शुक्रबार नेपाली काँगे्रस म्याग्दीद्वारा आयोजना गरिएको स्वागत एवँ भेटघाट कार्यक्रममा गृहमन्त्री खाँडले अप्ठ्यारो परिस्थतिमा बनेको गठबन्धनलाई यथावत राखि एकले अर्कालाई विश्वास घात नगरि चुनावमा जाने बताउनुभएको हो ।

बिचार, सिद्धान्त र राजनैतिक एजेन्डा फरक फरक भएपनि देशको दीर्घशान्ती, संबिधानको रक्षा तथा लोकतान्त्रिक मूल्य र मान्यताको रक्षाका लागि संक्रमणकालिन अबस्थामा गरिएको एकतालाई सजिलै तोड्न नसकिने खाँडको भनाई थियो । गृहमन्त्री खाँडले गठबन्धन प्रति आफुलाई पुरा विश्वास रहेको बताउँदै ओली सरकारलाई हटाउनका लागि अन्य दलहरुलाई दिएको बचन र आश्वासन पुरा गर्ने काँग्रेसको जिम्मेवारी भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “लौरोको साहारा लिएर खोली तर्ने अनि तरिसकेपछि लौरोलाई बिर्सने गर्नु हुँदैन, गठनबन्धन प्रति केही साथीहरु असन्तुष्ट हुनुहुन्छ, म उहाँहरुलाई आग्रह गर्दछु पार्टीको निर्णयलाई स्वीकारेर अगाडि बढ्नुस”। गृहमन्त्री खाँडले नेपालको नागरिकता ऐन २०६३ लाई संसोधन गर्न बनेको बिधेयक संसदमा छलफलकै क्रममा रहेकाले लाखौ नेपालीहरु नागरिकताबाट बञ्चिन भईरहको बताउनुभयो ।

अध्यादेश फार्मत नागरिकता ऐन कार्यान्वयन खोज्दा सवोच्च अदालतबाट त्यसो नगर्न आदेश आएकाले संसदबाटै ऐन बनाउनका लागि सत्तापक्ष तथा प्रतिपक्ष सबै दलहरु संग छलफल अगाडि बढिरहेको उहाँको भनाई थियो । नेपाल छन्त्याल संघको राष्ट्रिय महाधिवेशन उद्घाटनका लागि म्याग्दी आउनुभएका गृहमन्त्री खाँड त्यसपूर्व हेलिकप्टर मार्फत म्याग्दीको धौलागिरी गाउँपालिका १ गुर्जा पुग्नुभएको थियो ।

गुर्जाबासीको स्वागत, सत्कार र आत्मीयताले प्रशन्न हुँदै खाँडले धेरै बिकट तर निकै सुन्दर गुर्जामा पर्यटनको धेरै सम्भावना रहेको बताउनुभयो । हाल बेनी र गुर्जामा दुर्गम भत्ताको दर समान रहेकाले यो मापदण्डलाई तुरुन्त फेरबदल गरि नयाँ मापदण्ड निर्माण गर्न आवश्यक रहेको त्यसका लागि आफुले पहल गर्ने बताउनुभयो । सडक संजाल संग नजोडिएका ग्रामिण बस्तीहरुमा सतप्रतिशत दुर्गम भत्ता उपलब्ध गराउने गरि सरकारले नीति बनाउने उहाँको भनाई थियो ।

कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष विद्वान गुरुङ, नेपाली काँग्रेस म्याग्दीका पूर्व सभापति रेशम बहादुर बानियाँ लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । नेपाली काँग्रेस जिल्ला सभापति खम्वीर गुर्वजाको अध्यक्षता, सपसभापति हरिकुमार श्रेष्ठको स्वागत र सचिव हिरा पुनको संचालनमा सम्पन्न भएको कार्यक्रममा नेकपा माओबादी परित्याग गरि २ जनाले काँग्रेस प्रवेश गरेको थिए ।

You can share this post!

लायन्स क्लव अफ बेनी सिटीको अध्यक्षमा बानियाँ

पेट्रोलीयम पदार्थको मूल्यबृद्धिमा युवा संघ मंगलाको बिरोध

Related posts