प्रधानमन्त्री नियुक्त भएको १२ घण्टामै राजीनामा

स्वीडेनमा इतिहासमै पहिलो पटक महिला प्रधानमन्त्री बनेकी माग्दालिना एन्डर्सनले १२ घण्टा नबित्दै राजीनामा दिएकी छन् ।गठबन्धनमा रहेको ग्रीन पार्टीले बजेटमा साथ नदिएपछि सोसल डेमोक्रेट पार्टीकी नेता रहेकी एन्डर्सनले राजीनामा दिएकी हुन् ।

एन्डर्सन हिजो प्रधानमन्त्रीमा नियुक्त भएकी थिइन् । तर उनीको गठबन्धन सरकारको साझेदार दल ग्रीन्सले समर्थन फिर्ता लिएपछि राजीनामा दिनुपरेको हो ।संसद्का ३४९ जना सांसद् मध्ये १७४ ले उनको विपक्षमा मत खसालेका थिए ।

उनलाई समर्थन गर्ने ११७ सांसदसहित थप ५७ जना तटस्थ रहेका थिए ।राजीनामा दिएपछि एन्डर्सनले २०२२ सेप्टेम्बरमा हुने अगामी निर्वाचनमा आफ्नो पार्टी सोसल डेमोक्रयाटिकले बहुमत ल्याउने र पुनः प्रधानमन्त्री बन्ने दाबी गरेकी छन् ।

 

You can share this post!

एमाले नेता नवराज शर्माको केन्द्रिय सदस्यमा उम्मेदवारी

सहकारी मोडेल बुझेको दल एमालेः सहकारी बुझेका उमेदवार के.बी. उप्रेती

Related posts