मंगलामा सरसफाई गरि संविधान दिवस मनाईयो

म्याग्दी । म्याग्दीको मंगला गाउँपालिकाले बजार क्षेत्रमा सरसफाई कार्यक्रमको आयोजना गरि संविधान दिवस –२०८० मनाएको छ ।

बुधवार विहान गाउँपालिकाका उपप्रमुख प्रेम कुमारी खत्रीको संयोजकत्वमा जनप्रतिनिधि, पालिकाका कर्मचारी, स्थानीय आमा समुह, युवा क्लव,संघ संस्था लगायत बाबियाचौर बासीको समेत सहभागितामा सरसफाई कार्यक्रम आयोजना गरिएको हो ।

बजारक्षेत्रका सार्वजनिक स्थान, धार्मिक स्थलहरु, चौतारी तथा बजार परिसरमा समेत सरसफाई कार्यक्रम गरि संविधान दिवस मनाईएको प्रमुख प्रशासकीय अधिकृत शिव कुमार पौडेलले जानकारी दिनुभयो ।

बजारका सडकपेटिहरुमा फालिएका फोहोर संकलन गर्नुका साथै मन्दिर तथा चौतारीहरुमा भएका फोहोर र झाडि सफाई गरिएको थियो ।
कार्यक्रममा मंगला प्रमुख प्रशासकीय अधिकृत पौडेल, वडा नम्वर २ का वडा अध्यक्ष धन बहादुर खाती क्षेत्री लगायतको विशेष उपस्थिति रहेको थियो ।

You can share this post!

संविधान दिवसको अवसरमा प्रभातफेरी

नेपाल जेसिजको क्षेत्र (ख) सम्मेलन बेनीमा सुरु

Related posts