बराह पाखोमा रहेको बेनी खानेपानी संकलन केन्द्रको ठिक माथि पहिरो चल्यो

लगातर परेको बर्षको कारण म्याग्दी सदरमुकाम बेनी माथि रहेको बराह पाखोमा खानेपानी वितरण गर्न निमर्ण गरीएको टंकिको ठिक माथिबाट पहिरो चलेको छ । बेनी नगरपालिका ६ मा पर्ने बेनी पाखापानी सडकको आँपा रुख नेरको एरीया बाट टंकी तर्फ करीब २० मिटर जती पहिरो गएको अर्थुङ्गेका स्थानीय युवा शिशिर शाहीले बताउनु भयो ।


बेनी खानेपानी समितीका अध्यक्ष माधव रेग्मीले आफुलाइ भरखरै मात्रै खानेपानी ल्याईएको पाईप माथिबाट ढुङ्गा खसेर फुटेको भन्ने जानाकारी प्राप्त भएको बताउनु भयो । उहाँले त्यस तर्फ खानेपानीका कर्मचारीहरु जाँदै गरेको बताउनु भयो । उक्त पहिरोले बेनी खानेपानीको टंकीलाइ असर गरेमा बेनी बजारको समुदायिक चोक देखि हुलाकचोक र बेनी नगरपालिकाको कार्यालय सम्म ठुलो क्षेती गर्ने अनुमान रहेको छ ।

You can share this post!

सदरमुकाम बेनी आउने सबै सडक सञ्जाल अबरुद्ध

झोलामा छन् म्याग्दीका उपभोक्ता अधिकार मञ्च

Related posts