मालिकामा नेकपा माओवादीका उम्मेदवारहरुको चुनावी प्रचार सुरु

म्याग्दी । आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा माओवादीबाट मालिका गाउँपालिकाको अध्यक्षको उम्मेदवार रेशम जुग्जाली सुविनले मालिका – ७ बिमबाट चुनावी प्रचारप्रसार अभियानको थालनी गर्नुभएको छ ।

बुधबार आफ्नो टिम सहित विममा चुनावी सभा गर्दै जुग्जालीले चुनावी प्रचारप्रसार कार्यक्रमको आरम्भ गर्नुभएको हो । बिम जुग्जालीको जन्म गाउँ पनि हो । पाँच दलिय गठबन्धनमा नेपाली काँग्रेस संग भागबन्डा नमिलेपछि माओवादी मालिकामा एक्लै चुनावमा लडेको हो ।

विममा भएको कार्यक्रममा पालिका अध्यक्षका उम्मेदवार जुग्जाली, उपाध्यक्षका उम्मेदवार गौरी सेन्चुरी, वडा नम्वर ७ विमका वडा अध्यक्षका उम्मेदवार रुविन जुग्जाली, वडा सदस्यका उम्मेदवारहरु, लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

सभालाई सम्वोधन गर्दै नि. वडा अध्यक्ष समेत रहनुभएका पालिका अध्यक्षका उम्मेदवार जुग्जालीले मालिकाको मुहार फेर्ने योजना आफुसंग भएकाले भोट दिएर जिताउन विम बासीहरुलाई अनुरोध गर्नुभयो ।

देशको व्यवस्था बदल्ने पार्टी माओवादी भएको भन्दै जुग्जालीले अव अवस्था परिवर्तनका लागि माओवादीका उम्मेदवारहरुको जित हुन आवश्य रहेको बताउनुभयो । उपाध्यक्षका उम्मेदवार सेन्चुरीले सामाजिक परिवर्तन र समुदायको जागरणका लागि आफ्नो उम्मेदवारी रहेको भन्दै अमूल्य मत दिएर बिजयी बनाउन आग्रह गर्नुभयो ।

प्रचार अभियानको दोस्रो दिन विहिबार मालिका ७ कै दिच्याममा आमसभा गरिएको छ । वडा अध्यक्षका उम्मेदवार रुविन जुग्जालीले विमको विकास र परिवर्तनका लागि भोटको अपिल गर्नुभएको छ ।

You can share this post!

बेनपा –६ मा एमालेका उम्मेदवारहरु घरदैलो अभियानमा

शिख माविका शिक्षक घिमिरेलाई बिदाई

Related posts